२०८३ असार १४ गते, आईतवार ००:११

पेट्रोलियम ईंधनको मूल्यमा फेरि घट-बढ़, (मूल्यसूचिसहित)

पेट्रोलमा २ रुपैयाँले मूल्यवृद्धि, डिजेल–मट्टितेल १ रुपैयाँले सस्तो

काठमाडौं, साउन ३० — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको छ।

निगमका अनुसार आज साउन ३० गतेदेखि लागू हुने नयाँ दरअनुसार पेट्रोलको मूल्य पहिलो क्षेत्रमा १८१ रुपैयाँ २० पैसा, दोस्रो क्षेत्रमा १८३ रुपैयाँ र तेस्रो क्षेत्रमा १८४ रुपैयाँ कायम भएको छ। डिजेल/मट्टितेल भने पहिलो क्षेत्रमा १७१ रुपैयाँ २० पैसा, दोस्रो क्षेत्रमा १७३ रुपैयाँ र तेस्रो क्षेत्रमा १७४ रुपैयाँमा उपलब्ध हुनेछ।

नयाँ मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ। मूल्य समायोजन इन्धन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्यको आधारमा गरिएको हो।

हेर्नुहोस् मूल्यसूचि

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM