२०८३ बैशाख २५ गते, शुक्रबार ०९:३२

नेपाल प्रहरीको नयाँ आईजीपीको जिम्मेवारी चन्द्रकुवेर खापुङले सम्हाल्ने

– सन्तोष मिश्र
काठमाडौँ – नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)को जिम्मेवारी चन्द्रकुवेर खापुङले १८ भदौ २०८२ बाट सम्हाल्दै छन्। उत्कृष्ट छवि, अटुट इमान र दृढ नेतृत्वका लागि परिचित खापुङले तीन दशकको सेवायात्रामा अपराध अनुसन्धानदेखि प्रदेश कमान्डसम्मका संवेदनशील र चुनौतीपूर्ण जिम्मेवारीहरू निष्पक्ष र परिणाममुखी कार्यशैलीसहित पूरा गरेका छन्।

विवादमा नपरी आफ्नो काम र कर्मको बलमा संगठनभित्र विश्वासिलो छवि बनाएका खापुङ सहकर्मी र अधीनस्थका लागि प्रेरणाको स्रोत मानिन्छन्। हालैसम्म नेपाल प्रहरी अपराध अनुसन्धान विभाग (सीआईबी) का निर्देशकका रूपमा कार्यरत उनी, छोटो कार्यकालका बाबजुद पनि संगठनमा पारदर्शिता, अनुशासन र जनविश्वासमा नयाँ उचाइ ल्याउने विश्वास गरिन्छ।

विद्यमान नियमावलीअनुसार उनको कार्यकाल २६ कात्तिक २०८२ मा समाप्त हुनेछ। प्रहरी ऐतिहासिक रूपमा छोटो समयमै प्रभावशाली नेतृत्व दिने उदाहरण खापुङको कार्यकालबाट सिर्जना हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM