२०८३ असार २१ गते, आईतवार १२:४६

दुई किलो सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं : ठमेलबाट दुई किलो सुन र २४ लाख नगदसहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चिनियाँ नागरिक ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थानलाई पक्राउ गरेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले ठमेलस्थित एक होटलबाट उनीहरूको साथबाट सुन र नगद बरामद गरिएको जानकारी दिए।उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM