२०८२ माघ २९ गते, बिहीबार २२:३४

वृक्षारोपण संरक्षणको लागि महानगरले जडान गरेको ३४ वटा पोल अज्ञात समूहले भत्कायो

वीरगंज, ५ साउन । वीरगंज महानगरपालिका वडा नं. १९ बिन्दवासिनीस्थित तिलावे नदीको किनारमा सार्वजनिक जग्गाको संरक्षण र हरियाली प्रवद्र्धनका लागि गरिएको घेराबारमा तोडफोड भएको छ । महानगरले हालै गाडेको ८० वटा पोलमध्ये ३४ वटा पोल अज्ञात समूहले ढालेको पाइएको हो ।
महानगरका वातावरण निरीक्षक प्रकाश ऐरको नेतृत्वमा गएको टोलीले स्थलगत निरीक्षणका क्रममा उक्त तोडफोड भएको फेला परेको हो। गत असार महिनामै करिब ७ विघा क्षेत्रफल ओगट्ने उक्त सार्वजनिक जग्गामा वृक्षारोपणको तयारीस्वरूप अहिले ८० वटा पोलले घेरावार गरिएको थियो।
यसअघि सो क्षेत्रको केही भाग केही व्यक्तिहरूले अनधिकृत रूपमा अतिक्रमण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएका थिए। ती व्यक्तिहरूकै मिलोमतोमा घेरावार तोडफोड गरिएको हुन सक्ने आशंका गरिएको छ। “सार्वजनिक सम्पत्तिको संरक्षण र वातावरणीय सुधारका लागि महानगरले शुरू गरेको वृक्षारोपण अभियानमा नियोजित रूपमा अवरोध पु¥याइएको देखिन्छ,” वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले भन्नुभयो, “यस्ता आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन महानगरले स्थानीय प्रशासनमा आवश्यक प्रकृया सहित उजुरी दर्ता गरिसकेको छ।”
महानगरले तिलावे नदी किनारको सार्वजनिक जमिनमा दीर्घकालीन योजना अनुरूप वृक्षारोपण गरी हरित क्षेत्रको विकास गर्ने तयारी गरेको थियो । सार्वजनिक हितविरूद्ध हुने यस्ता कार्यलाई कुनै हालतमा स्वीकार नगर्ने महानगरले स्पष्ट पारेको छ ।
यस घटनापछि महानगरले स्थायी निगरानी प्रणालीसहित सुरक्षात्मक उपायहरू कडाइका साथ लागू गर्ने तयारीसमेत थालेको छ। साथै, नागरिकलाई सार्वजनिक सम्पत्तिको संरक्षणमा सहयोगी बन्न र यस्ता गतिविधिको विरोधमा आवाज उठाउन आहवान गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM