२०८२ माघ २६ गते, सोमबार १९:५७

लेखक तथा पत्रकार वियोगीको कथाकृति `सत्यम्´को गृहविमोचन तथा विमर्श

स्याङ्जा । लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ को वालिङ, मिर्दीमा विमोचन तथा विमर्श गरिएको छ । मिर्दीस्थित नेचुरल भ्यू पोइन्ट रेस्टुरेन्ट एन्ड लजमा एक कार्यक्रमका बीच शनिवार (असार १४ गते) कृतिको विमोचन गरिएको हो ।

स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष कुमार रानाले अध्यक्षता गरेको कार्यक्रममा प्रमुख अतिथि पूर्व कृषि मन्त्री त्रिलोचन ढकाल, समालोचक डा. अशोक थापा तथा समीक्षाक द्वय शान्ता थापा र शम्भु अर्याल एवम् लेखकले संयुक्तरूपमा कृतिको अनावरण गरे ।

कवि मिलन समिरले सहजीकरण गरेको कार्यक्रममा प्रमुख अतिथि ढकालले बताए । ´साहित्य कल्पना र यथार्थताको संयोजन हो, यो पक्ष सत्यम्मा पाइन्छ,´ उनले भने, `वियोगीका कथामा २०५२ सालदेखि २०६२ सालसम्मको माओवादी द्वन्द्वको परिवेश पनि समेटिएको छ ।´

समाचोलक डा. थापाले पत्रकारिता पेशामा रहेका वियोगीले समाचार तथा फिचरमा लेख्न नमिलेका र लेख्न नसकेका विषयसमेत उनको कथाकृतिमा झल्किने गरी उतारेको बताए । असत्यले सत्यलाई छायामा पारेको यो समाजको वर्गीय पीडा र यथार्थ सत्य उत्घाटित गर्नु कथाकृति सत्यम्‌को विशेषता रहेको उनको भनाइ थियो । पारिवारिक विखण्डन, वैदेशिक रोजगारी र त्यसले समाजमा पारेको असरजस्ता विषयसमेत सत्यम्‌ले उठाएको उनले बताए । तथ्यपरक विषय गणित पढेको, तथ्यमै आधारित पेशा पत्रकारिता अँगालेका वियोगीले बाङ्गोटिङ्गो भावपरक विधा साहित्य लेख्नु आफैँमा रोचक विषय भएको विवेचना गरेका थिए ।

कृतिको समीक्षा गर्दै समीक्षक तथा आँधीखोला रेडियोकी अध्यक्ष शान्ता थापाले सत्यम् स्याङ्जाको मौलिक संस्कृति समेटिएको कृति रहेको बतइन् । कृति पठनको क्रममा आफू धेरै पटक भावुक भएको पनि उनको भनाइ थियो ।

कथाकार वियोगीले कृति रचनाको पृष्ठभूमिका विषयमा बोलेका थिए । ‘म कथाकार वा लेखक बनुँला/नबनुँला,’ उनले भने, ‘सबैभन्दा ठूलो कुरा धेरैले मलाई सहयोग गर्नुभयो र त्यही दिशानिर्देशले नै आज यो ठाउँमा छु, म सबैप्रति आभारी छु । मैले सत्यम्‌लाई होइन, सत्यम्‌ले मलाई चिनाइदिए पुग्छ ।’

कार्यक्रमको समापन गर्दै प्रतिष्ठानका अध्यक्ष रानाले वियोगीले कथामार्फत आफ्नो जन्मभूमि र यहाँको मौलिकतालाई थप उजागर गरेको बताए ।

साहित्य क्षेत्रमा कथाका अलावा निबन्ध, नियात्रा, कविता तथा गीतमा समेत कलम चलाउँदै आएका वियोगीको यो पहिलो कथा–कृति हो । समालोचकहरूले भने जस्तै कथा–कृतिमा वियोगीले विशेषतः पश्चिम नेपाल अर्थात् गण्डकी पानीढलो, त्यसमा पनि स्याङ्जा जिल्लाभित्र प्रचलित भाषिक सौन्दर्यका तथा माओवादी द्वन्द्वको पृष्ठभूमिमा सिर्जित नेपाली समाजका अनेक पाटालाई उत्खनन् गरेका छन् ।

यथार्थवादी धारका कथाहरूमा सामाजिक विभेद, असमानता तथा जनयुद्धका त्रासदी समेटिएका छन् । बालवयका स्वरलहरीमा मिसिएर आएका अनेक लोकभाकाका मुच्र्छना र लोक–संस्कृतिको सुगन्ध पनि पाइने कार्यक्रममा चर्चा गरियो । स्याङ्जाको टाकुरामा टेकेर उडेका भावना मध्यपश्चिम, सुदूरपश्चिम र पूर्वतिरसमेत डुल्न भ्याएका छन् । कथामा पर्यावरणीय चेत र वस्तुवादी धारसमेत पाइन्छ ।

`सत्यम्´को गृहविमोचन तथा विमर्श एवम् बृहत् सिर्जना वाचन समारोह नाम दिइएको कार्यक्रममा २५ जना कविहरूले सिर्जना वाचन गरेका थिए ।

करिब २ दशकदेखि पत्रकारितामा सक्रिय वियोगीसँग विगतमा नेपाल समाचारपत्र, नागरिक दैनिक लगायत विभिन्न दैनिक तथा साप्ताहिक पत्रिकामा काम गरेको अनुभव छ । हाल उनी नेपालको पहिलो ऊर्जा सम्बन्धी अनलाइन तथा अर्धवार्षिक पत्रिका ‘ऊर्जा खबर’को सम्पादकको जिम्मेवारीमा छन् । साहित्य लेखनमा विशेष रुची राख्ने वियोगी विशेषतः कथा र निबन्ध विधामा कलम चलाउँछन् ।

‘कविडाँडा राष्ट्रिय निबन्ध प्रतियोगिता २०७८’ मा उनको निबन्ध ‘कोरोनाको कर्खा’ प्रथम भएको थियो । त्यस्तै, ‘डिसहोम बाह्रखरी राष्ट्रव्यापी खुला कथा प्रतियोगिता’को पहिलो संस्करणमा उनको ‘टाउको’ शीर्षकको कथा दोस्रो भएको थियो । यो कथा पनि सङ्ग्रहमा समावेश भएको उनले बताए । उनका शब्द सिर्जनामा करिब एक दर्जन जति आधुनिक तथा लोक–आधुनिक गीत रेकर्ड भएका छन् ।

पेज टर्नर प्रालिले प्रकाशन गरेको १५ कथा सङ्ग्रहित कृतिको बजार मूल्य ४५५ रुपैयाँ रहेको छ । यस प्रकाशनले अहिलेसम्म करिब ३ दर्जन साहित्यिक कृति प्रकाशन गरिसकेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM