२०८३ असार २२ गते, सोमबार १६:२६

संसद् भवनको क्यान्टिनमा दुर्घटना, एक कामदार घाइते

काठमाडौँ — संघीय संसद् भवन परिसरस्थित क्यान्टिनमा कार्यरत एक कामदार शुक्रबार अपराह्न घाइते भएका छन्। क्यान्टिनको छतमा रहेको फल्स सिलिङ अचानक भत्किँदा उनको हातमा चोट लागेको हो।

दुर्घटनापछि तुरुन्त उद्धार गरी घाइते कामदारलाई उपचारका लागि बानेश्वरस्थित सिभिल अस्पताल लगिएको छ। उनलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको सवारी साधन प्रयोग गरी अस्पताल पुर्‍याइएको बताइएको छ।

प्रहरी तथा अस्पताल स्रोतले घाइतेको अवस्थाबारे थप विवरण दिइसकेको छैन। संसद् सचिवालयले भने घटनाबारे प्रारम्भिक अध्ययन अघि बढाएको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM