२०८३ असार २२ गते, सोमबार १८:३५

डिआइजी विनोद घिमिरे प्रहरीको नयाँ प्रवक्ता नियुक्त

काठमाडौ/नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी डिआइजी विनोद घिमिरेले सम्हाल्ने भएका छन्। प्रहरी प्रधान कार्यालयको महानिरीक्षक (आईजिपी) सचिवालयमा कार्यरत घिमिरेलाई बिहीबार औपचारिक रूपमा प्रवक्ताको रूपमा नियुक्त गरिएको हो।

यसअघि प्रवक्ताको भूमिकामा रहेका एसएसपी रमेश थापा अब सहप्रवक्ता तथा सूचना अधिकारीको रूपमा रहनेछन्।

प्रहरी संगठनसँग सम्बन्धित जानकारी, प्रतिक्रिया तथा सार्वजनिक संचार सम्हाल्ने जिम्मेवारी पाएका डिआइजी घिमिरेसँग प्रत्यक्ष सम्पर्क गर्न चाहनेहरूले ९८५१२९२१११ वा spokesperson@nepalpolice.gov.np मार्फत सम्पर्क गर्न सक्नेछन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM