२०८३ बैशाख २६ गते, शनिबार ०४:३२

स्वास्थ्यकर्मी महासंघको अधिवेशन सम्पन्न, डा. पौडेल अध्यक्ष र यादव सचिव निर्वाचित

काठमाडौं, २० जेठ/ राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। तीनदिने अधिवेशन जेठ १७ देखि १९ गतेसम्म काठमाडौंस्थित राष्ट्रिय सभागृहमा सम्पन्न भएको हो। अधिवेशनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए।

महाधिवेशनले डा. सन्तोष पौडेलको अध्यक्षतामा ९९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। उपाध्यक्षमा अमृता बराल र रामहरि ढकाल निर्वाचित भएका छन्। महासचिवको जिम्मेवारी भीमराज सिंहलाई दिइएको छ भने सचिव पदमा पर्साका हरेन्द्र यादव, अनुप सिंह क्षेत्री, चन्द्र बहादुर सुनार र रुपा केसी निर्वाचित भएका छन्।

खुला केन्द्रीय सदस्यतर्फ नहर्व खुर्वा दोर्जे, डा. छितिज वराकोटी, भरत वोहरा, हरि प्रसाद काफ्ले, प्रभुनारायण ठाकुर, हिमाल सिंह ठकुरी, कमल पाण्डे, डा. कालु सिंह खत्री, नबराज पौडेल र रुपेश चापागाईंसहित ९० जना चयन भएका छन्।

पर्साका हरेन्द्र यादव सचिवमा निर्वाचित

सचिव पदमा निर्वाचित हरेन्द्र यादव पर्सा जिल्लाको वीरगंज–२३, प्रसौनी बिर्ताका स्थायी बासिन्दा हुन्। उनी विगत लामो समयदेखि स्वास्थ्य क्षेत्रमा क्रियाशील रहँदै आएका छन्। भारतको बैंगलोरबाट फार्मेसीमा उच्च शिक्षा प्राप्त गरेका यादव औषधि निर्माण र व्यवस्थापन क्षेत्रमा दक्ष मानिन्छन्।

निर्वाचनपश्चात् प्रतिक्रिया दिँदै यादवले स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्न आफू प्रतिबद्ध रहेको बताए। उनले महासंघलाई अझ प्रभावकारी र संगठित बनाउँदै स्वास्थ्यकर्मीहरूको हकहितका लागि काम गर्ने बताए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM