२०८३ बैशाख २६ गते, शनिबार ०६:४४

कास्कीमा दोस्रो पटक भूकम्पको धक्का

काठमाडौं । कास्की केन्द्रबिन्दु बनाएर आज दोस्रो पटक भूकम्पको धक्का महसुस भएको छ।

कास्कीको अन्नपूर्ण क्षेत्र आसपास केन्द्र बनाएर बुधबार दिउँसो १२:५० मा ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

आजै बिहान ११:५६ मा जाँदा कास्कीकै फूलिबाङ आसपास केन्द्र बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो।

भूकम्प शक्तिशाली नभएकाले ठूलो क्षतिको सम्भावना नरहेकोसमेत महाशाखाको भनाइ छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM