२०८३ बैशाख २ गते, बुधबार ०९:०८

चीनमा पूर्वराष्ट्रपति भण्डारीलाई उच्च सम्मान, उच्चस्तरीय राजनीतिक भेटवार्ता आजैबाट सुरु

काठमाडौं । चीन भ्रमणमा रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई चिनियाँ पक्षले उच्च कूटनीतिक सम्मानसहित स्वागत गरेको छ। ग्वान्झाओ हुँदै आइतबार बिहान चीन पुगेकी भण्डारीको स्वागत चिनियाँ उपराष्ट्रपति हान झेङले आफैं गरेका थिए। स्वागत कार्यक्रममा चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओलीसमेत सहभागी थिए।

चिनियाँ कम्युनिस्ट पार्टी र विदेश मन्त्रालयको संयुक्त आतिथ्यमा भइरहेको उक्त भ्रमणमा भण्डारीको बसोबासका लागि बेइजिङस्थित प्रतिष्ठित राजकीय आवास ‘दियाओ थाई’ व्यवस्था गरिएको छ। यो आवासगृह परम्परागत रूपमा विशिष्ट विदेशी पाहुनाहरूका लागि मात्र प्रयोग गरिन्छ।

पूर्वराष्ट्रपतिसहितको नेपाली प्रतिनिधिमण्डलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, एमाले सचिव एवं पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठ, पूर्वमन्त्री कर्णबहादुर थापा, सांसद देवी भट्टचन, नेतृ गोमा देवकोटा, डा. कैलाश भण्डारी, डा. भेषराज अधिकारी र सार्वजनिक प्रसारण संस्थानका अध्यक्ष डा. महेन्द्र विष्टलगायत छन्।

पूर्वराष्ट्रपति भण्डारीले आजै चिनियाँ उपराष्ट्रपति हान झेङसँग उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ। साथै, चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओसँग पनि सोमबार अपराह्न छुट्टै भेटवार्ता हुनेछ।

भोलि अर्थात् सोमबार बेइजिङमा आयोजित ‘छिमेकी मुलुकका राजनीतिक दलहरूसँगको संवाद’ विषयक कार्यक्रमको उद्घाटन समारोहमा पूर्वराष्ट्रपति भण्डारी प्रमुख अतिथि रहनेछिन्। उक्त समारोहमा उनले सम्बोधनसमेत गर्नेछिन्। त्यसपश्चात एमाले नेताद्वय महासेठ र थापा तथा मन्त्री भण्डारीले पनि छुट्टाछुट्टै सत्रमा आफ्नो मन्तव्य राख्ने कार्यक्रम तय गरिएको छ।

मंगलबार पूर्वराष्ट्रपति भण्डारीले चिनियाँ नेताको समाधि रहेको तियानमेन स्क्वायरस्थित माओ समाधि हल र फरबिडन सिटी अवलोकन गर्नेछिन्। त्यही दिन उद्योगमन्त्री भण्डारीले चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेशनल ट्रेडका पदाधिकारीसँग, जबकि मदन भण्डारी फाउन्डेसनका प्रतिनिधिमण्डलले चाइना पिस डेभलपमेन्ट फाउन्डेसनसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन्।

त्यसपछि नेपाली प्रतिनिधिमण्डल गान्सु प्रान्ततर्फ प्रस्थान गर्नेछ, जहाँ डुनहुवाङ शहरमा स्थानीय विकास मोडेलको अवलोकनका साथै ‘सभ्यताबीच आदानप्रदान र पारस्परिक सिकाइसम्बन्धी चौथो संवाद’ कार्यक्रममा सहभागी हुने कार्यक्रम छ। उक्त समारोहमा पूर्वराष्ट्रपति भण्डारीले उद्घाटन सम्बोधन गर्नेछिन्। कार्यक्रममा लाओसका राष्ट्रिय सभाका उपाध्यक्षसहित अन्य मुलुकका नेताहरूको सहभागिता रहनेछ।

शनिबार प्रतिनिधिमण्डलले गान्सुको जियायुगुआन भ्रमण गर्नेछ भने आइतबार सिचुवान प्रान्तको छेन्दु पुग्नेछ। छेन्दुमा चिनियाँ कम्युनिस्ट पार्टीका स्थानीय नेताहरूले स्वागत गर्नेछन्। भ्रमणको समापनपछि पूर्वराष्ट्रपति भण्डारी सोमबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।

नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सवको अवसर पारेर सम्पन्न हुँदै गरेको यो भ्रमणलाई चिनियाँ पक्षले अत्यन्त महत्वपूर्ण मानेको देखिन्छ। चीनको सरकारी प्रसारण संस्था सीसीटीभीले पूर्वराष्ट्रपति भण्डारीसँग विशेष अन्तर्वार्ता लिने तयारी गरेको छ।

चीनको ‘मितव्ययी कूटनीति’ नीति अन्तर्गत पूर्वराष्ट्रपति भण्डारीलाई दिइएको उच्च आतिथ्य, सुरक्षा र सम्मानले उनीप्रति चिनियाँ नेतृत्वले राखेको विश्वास र सद्भाव उजागर भएको विश्लेषण गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178
rajamania slot gacor sritoto rajamania slot88 beb88 raintoto relic88 koi77 sritoto sritoto sritoto sritoto sritoto sritoto sritoto
slot gacor m77 zeonslot bendera62 bendera62 bendera62 andara88 andara88 slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM