२०८३ बैशाख १९ गते, शनिबार १७:००

वडाध्यक्ष तीन फरक मुद्दामा दोषी ठहर, कार्यालयबाटै पक्राउ

बारा/बाराको प्रसौनी गाउँपालिका–६ का वडाध्यक्ष बृजकिशोर कुशवाहा तीन फरक आपराधिक अभियोगमा अदालतबाट सजाय सुनाइएकै दिन वडा कार्यालयमै कार्यरत अवस्थामा पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख, प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठका अनुसार कुशवाहाविरुद्ध कुटपिट, चेक अनादर र आपराधिक लाभ सम्बन्धी मुद्दाहरूमा बारा जिल्ला अदालतले सजायको फैसला गरिसकेको थियो। अदालतको उक्त फैसला कार्यान्वयन गर्न कुशवाहालाई आइतबार नियन्त्रणमा लिइएको हो।

प्रहरीले कुशवाहालाई सोही दिन बारा जिल्ला अदालतमा पेश गरेको जनाएको छ।

कुशवाहामाथि लागेको मुद्दा र अदालतको निर्णयको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन। यद्यपि, प्रहरी स्रोतका अनुसार उनीमाथि लागेको अभियोगहरू गम्भीर प्रकृतिका हुन्।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिमाथि अदालतबाट दोषी ठहर भई सजाय तोकिएको यो घटनालाई प्रसौनीबासीले चासोका रूपमा लिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM