२०८२ माघ २६ गते, सोमबार ११:५१

पत्रकार केसीको रिहाइको माग गर्दै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपप्रति विरोध

कमला नेपाल/
काठमाडौं/
पत्रकार सुजित केसीलाई साइबर अपराधसम्बन्धी अभियोगमा पक्राउ गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघ र पत्रकार मञ्चले कडा आपत्ति जनाएका छन्। फेसबुकमा लेखिएको एक स्टाटसका आधारमा केसीलाई प्रहरीले नियन्त्रणमा लिएको घटनाले प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप भएको भन्दै महासंघले तत्काल रिहाइको माग गरेको छ।

महासंघका अनुसार पत्रकार केसीले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई लिएर सामाजिक सञ्जालमा लेखेका विचारमूलक टिप्पणीलाई साइबर अपराधको रूपमा व्याख्या गर्दै पक्राउ गर्नु प्रेस स्वतन्त्रताको मर्मविपरीत रहेको छ। नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव राम प्रसाद दाहाल, नेपाल पत्रकार महासंघ एसोशिएट प्रदेशका महासचिव अशेष अधिकारी, नेपाल पत्रकार मञ्चका महासचिव राजु भण्डारीले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै पत्रकार केसीको गिरफ्तारीको विरोध गर्दै विनाशर्त रिहाइको माग गरेका छन् ।

महासंघका केन्द्रिय महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “कुनै पनि सार्वजनिक विषयमा टिप्पणी गर्न पाउनु पत्रकारको नैसर्गिक हक हो। त्यस्ता अभिव्यक्तिले कसैको मानमर्दन गरेमा त्यसबारे क्षतिपूर्तिको कानुनी प्रक्रिया अपनाउन सकिन्छ, तर त्यसलाई आपराधिक विषय बनाई पत्रकारलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको आक्रमण हो।”

महासंघको एसोसिएट प्रदेश समितिद्वारा महासचिव अशेष अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “विचार र अभिव्यक्तिको स्वतन्त्रता कुनै पनि लोकतान्त्रिक व्यवस्थाको आधारशिला हो। पत्रकारलाई सार्वजनिक पदाधिकारीबारे प्रश्न उठाएको भन्दै गिरफ्तार गर्नु अस्वीकार्य छ।”  “विचार व्यक्त गरिएको माध्यमलाई आधार बनाएर पत्रकारलाई गिरफ्तार गर्नु प्रेस स्वतन्त्रताको निर्मम हत्या हो।”

नेपाल पत्रकार मञ्चका महासचिव राजु भण्डारीले समेत घटनाको विरोध गर्दै जारी विज्ञप्तिमा भनेका छन्, “सार्वजनिक पदधारीबारे उठाइएको प्रश्नलाई अपराध ठहर गरी पत्रकारमाथि कारवाही गर्नु लोकतान्त्रिक मूल्यविपरीतको कार्य हो। अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने यस्तो गतिविधि अस्वीकार्य छ।”

महासंघको एसोसिएट प्रदेश समिति अध्यक्ष रोयल आचार्य, केन्द्रीय सदस्य मनुका कुँवर, नेपाल पत्रकार मञ्चका केन्द्रिय अध्यक्ष युवराज विद्रोहीलगायतको टोलीले हिरासतमा रहेका पत्रकार केसीको भेट गरी उनको अवस्थाबारे जानकारी लिएको जनाएको छ।

पत्रकार केसीले लेखिएको स्टाटस केही समयपछि हटाएका थिए। तर, त्यसपछि समेत उनलाई पक्राउ गर्नु र उजुरीदाताको नाम गोप्य राख्नु ‘दुर्भावनापूर्ण’ तथा ‘गैरपारदर्शी’ कार्य भएको मञ्चको ठहर छ।

महासंघ र मञ्च दुवैले घटनाको स्वतन्त्र र निष्पक्ष छानबिनको माग गर्दै यस्ता गतिविधि दोहोरिन नदिन राज्य संयन्त्रलाई जिम्मेवार बन्न आह्वान गरेका छन्। साथै, सरकारले प्रेस स्वतन्त्रता सुनिश्चित गर्न आवश्यक कदम चाल्नुपर्नेमा समेत ध्यानाकर्षण गराएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d
kingmedan303 rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM