२०८३ बैशाख ७ गते, सोमबार २१:४६

वन मन्त्रीमा चौधरी नियुक्त

धनगढी । नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सभा सदस्य रामेश्वर चौधरी उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन्।

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले चौधरीलाई मन्त्री नियुक्त गरेका हुन्।

पूर्व भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री रहेका चौधरीले सरकार फेरिएपछि पद गुमाएका थिए। विवादित अडियोका कारण लक्ष्मणकिशोर चौधरीले राजीनामा दिएपछि नागरिक उन्मुक्ति पार्टीको मन्त्रीको एक कोटा खाली थियो।

वन मन्त्री नियुक्त भएका चौधरीको साँझ ५ बजे शपथग्रहणको तयारी रहेको प्रदेश प्रमुख नजिर मियाँको सचिवालयले बताएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM