२०८३ बैशाख ३० गते, बुधबार २१:५०

सर्वोच्च अदालतको प्रश्न : रवीन्द्र मिश्रलाई थुनामा राख्ने कारण के हो ?

काठमाडौं / सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रलाई हिरासतमा राखिएको विषयमा सरकारसँग स्पष्टीकरण माग गरेको छ।

न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासले मिश्रलाई थुनामा राख्नुपरेको कारण देखाउन माग गर्दै उनलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो। अदालतले बन्दी प्रत्यक्षीकरण (ह्याबियस कोर्पस) सम्बन्धी रिटमा प्रारम्भिक सुनुवाइ गर्दै यस्तो निर्देशन दिएको हो।

यसअघि, मिश्रको श्रीमती सरिका कार्कीले आफ्ना पतिको गिरफ्तारी गैरकानुनी भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएकी थिइन्।

मिश्रलाई गएको चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्र नजिकै आयोजित एक राजावादी प्रदर्शनमा सहभागी भइ अराजक गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM