२०८३ बैशाख २६ गते, शनिबार १३:३३

प्रधानमन्त्री ओलीसँग अन्तर–संसदीय प्रतिनिधिमण्डलको भेटवार्ता

काठमाडौँ, ३० वैशाख / प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज ‘अन्तर–संसदीय सभामुख सम्मेलन’ (ISC) का प्रतिनिधिहरूले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटवार्ता गरेका छन्।

भेटका क्रममा सहभागीहरूबीच संसदीय कूटनीतिको सुदृढीकरण, आपसी सहयोग र क्षेत्रीय शान्ति तथा समृद्धि प्रवर्द्धनका विषयमा छलफल भएको थियो। प्रधानमन्त्री ओलीले नेपाल सरकार अन्तर्राष्ट्रिय साझेदारीमार्फत साझा हितका मुद्दामा सहकार्य गर्न तत्पर रहेको धारणा व्यक्त गर्नुभयो।

उक्त भेटमा मलेसियाबाट दातुक विरा, डा. मोहम्मद हट्टा बिन एमडी रामली, रोड्जिया बिन्ती इस्माइल र दातुक ल्यारी सङ वेइ शियन सहभागी थिए। जापानबाट ISC का सल्लाहकार मासाइची होरी पनि टोलीमा थिए।

नेपालतर्फबाट ISC का नवनियुक्त महासचिव एवं सांसद एकनाथ ढकाल, नेकपा (एमाले) की सचेतक सुनिता बराल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल उपस्थित थिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM