२०८२ माघ ४ गते, आईतवार १९:४४

कृषि अनुसन्धानमा राज्यको लगानी न्यून, विज्ञ र सरोकारवालाको चिन्ता

ललितपुर, खुमलटार –

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को ३४ औं स्थापना दिवसको पूर्वसन्ध्यामा आयोजित पत्रकार–वैज्ञानिक अन्तरक्रिया कार्यक्रममा सहभागी विज्ञ तथा सरोकारवालाहरूले नेपालको कृषि अनुसन्धान क्षेत्रमा राज्यको लगानी न्यून भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।

राष्ट्रिय माटो विज्ञान केन्द्रको सभाहलमा सम्पन्न सो कार्यक्रमको अवसरमा नार्कका निमित्त कार्यकारी निर्देशक डा. दोजराज खनालले सम्भावित खाद्यान्न संकटको सामना गर्न उत्पादनमुखी अनुसन्धानमा राज्यले तत्काल प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले भन्नुभयो, “देशमा खाद्यान्न संकट गहिरिँदै गएको सन्दर्भमा वैज्ञानिक अनुसन्धानलाई सुदृढ बनाउनु अपरिहार्य छ।”

कार्यक्रममा नार्कले हालै विकास गरेका कृषि प्रविधिबारे निर्देशक डा. भानुभक्त पोखरेलले जानकारी गराउँदै कृषि क्षेत्रको योगदान उल्लेख्य हुँदाहुँदै पनि अनुसन्धानको पक्ष उपेक्षित भएको धारणा राख्नुभयो। उहाँले तथ्य प्रस्तुत गर्दै भन्नुभयो, “देशको ६० प्रतिशत जनसंख्या कृषिमा निर्भर छ र कुल गार्हस्थ्य उत्पादन (जिडीपी) को २५ प्रतिशत हिस्सा कृषिको योगदान भए पनि कृषि अनुसन्धानमा राज्यको लगानी जम्मा ०.१९ प्रतिशत मात्र छ।”

त्यसैगरी, राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले वैज्ञानिकहरूद्वारा गत वर्ष केरा उद्योगमा देखा परेको रोगको समयमै पहिचान गरी सम्भावित क्षति न्यूनीकरण गरिएको उदाहरण प्रस्तुत गर्नुभयो। तर उहाँले वैज्ञानिकहरूको योगदानलाई राज्यले पर्याप्त मूल्यांकन नगरेको भन्दै खिन्नता व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागी पत्रकारहरूले नयाँ प्रविधि र मिडिया प्लेटफर्महरूको समुचित प्रयोग, हरेक तीन महिनामा अन्तरक्रिया कार्यक्रम सञ्चालन तथा मिडिया व्यवस्थापनमा सुदृढीकरणको सुझाव राखेका थिए।

कार्यक्रममा राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठानका निर्देशक डा. राजेन्द्र दराई, पशु विज्ञान अनुसन्धान निर्देशक डा. नीना अमात्य, विभिन्न महाशाखा प्रमुख र वैज्ञानिकहरूको समेत उपस्थिति रहेको थियो।

वि.सं. २०४८ साल वैशाख २५ गते स्थापना गरिएको नार्क एक स्वायत्त सरकारी संस्था हो, जसले नेपालको कृषि अनुसन्धान प्रणालीलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्य लिएको छ। जातीय तथा नश्ल विकास, कृषि प्रविधि नवप्रवर्तन, जैविक विविधता संरक्षण, नीति निर्माण सहयोग लगायतका क्षेत्र यसको कार्यक्षेत्रमा पर्दछन्।

हाल नार्कले देशभर ६३ वटा कार्यालयमार्फत अनुसन्धान कार्य सञ्चालन गरिरहेको छ। यसले किसानका जिज्ञासाको समाधान गर्न ‘कल सेन्टर ११३५’ मार्फत सेवा प्रदान गर्दै आएको छ भने ७५३ वटै पालिका र कृषि निकायमा ‘कृषि मौसम सल्लाह बुलेटिन’ समेत नियमित रूपमा पठाउँदै आएको छ।

‘सबल कृषि अनुसन्धान : खाद्य सुरक्षा र समृद्धिको लागि वरदान’ भन्ने नाराका साथ नार्कले भोली स्थापना दिवस भव्य रूपमा मनाउने तयारी गरेको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania
zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM