२०८३ बैशाख २६ गते, शनिबार १५:५५

नेपाल प्रहरीको केन्द्रिय प्रवक्ताको जिम्मेवारी एसएसपी रमेश थापालाई

काठमाडौं — प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले अबदेखि नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी सम्हाल्ने भएका छन्। प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत थापालाई जनसरोकारका विषयहरू सञ्चारमाध्यममार्फत तथ्यपरक ढंगले सार्वजनिक गर्ने उद्देश्यले प्रवक्ताको रूपमा तोकिएको हो।

जनतालाई सुसूचित गराउने र प्रहरीका कार्यहरू पारदर्शी रूपमा प्रस्तुत गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै एसएसपी थापालाई प्रवक्ता बनाइएको प्रहरी मुख्यालय स्रोतले जनाएको छ।

प्रवक्ता थापासँग सम्पर्क गर्नका लागि मोबाइल नम्बर ९८५१२९२१११ र इमेल spokesperson@nepalpolice.gov.np प्रयोग गर्न सकिनेछ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM