२०८२ माघ २६ गते, सोमबार ११:४३

राजनीतिक नेतृत्व जनताप्रति प्रत्यक्ष उत्तरदायी हुनुपर्छ : ऊर्जा मन्त्री खड्का

काठमाडौँ, वैशाख २१ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले राजनीतिक नेतृत्व जनताप्रति प्रत्यक्ष रूपमा उत्तरदायी बन्नुपर्ने आवश्यकता औंल्याएका छन्।

शनिबार नवनियुक्त राज्यमन्त्री खमबहादुर गर्बुजाको स्वागतमा मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खड्काले जनताप्रति गरेका वाचा व्यवहारमा उतार्न राजनीतिककर्मीले गम्भीरता देखाउनुपर्ने बताए। “हामीले जनता सामु अनेकौं वाचा गर्छौं, धेरै सपना देखाउँछौं। ती सपना साकार पार्न प्रत्यक्ष जिम्मेवारी बोध गर्दै काम गर्न जरुरी छ,” मन्त्री खड्काले भने।

कार्यकाल सधैंका लागि नहुने उल्लेख गर्दै उहाँले जनताले अनुभूति गर्न सक्ने किसिमका काम गर्नु नै प्रमुख प्राथमिकता हुनुपर्ने धारणा राखे। सीमित स्रोत र साधनबीच उत्कृष्टता हासिल गर्नु चुनौतीपूर्ण भए पनि सम्भव रहेको मन्त्री खड्काको भनाइ थियो। उनले यो यात्रामा राज्यमन्त्री गर्बुजाको साथ महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।

मन्त्री खड्काले तीनै तहका सरकारबीच समन्वय गर्दै दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिए। व्यवहारिक ज्ञान, अनुशासन, मर्यादा र जिम्मेवारी बोकेको व्यक्तित्वका रूपमा राज्यमन्त्रीप्रति विश्वास व्यक्त गर्दै उनले आफैंले सिकेका, देखेका र भोगेका अनुभवलाई राष्ट्रनिर्माणमा प्रयोग गर्नुपर्ने बताए।

“सहकार्य, पारदर्शिता र जवाफदेहिताको आधारमा मन्त्रालयको कार्यशैलीलाई परिणाममुखी बनाउनेछौँ,” मन्त्री खड्काले भने, “मान–मर्दन नगरी, परम्परा, संस्कार र संस्कृति जोगाउँदै अघि बढ्न सकेमा मात्रै सफलता सम्भव हुन्छ।”

सो अवसरमा राज्यमन्त्री गर्बुजाले आफू राष्ट्रको सेवामा समर्पित रहँदै कर्मचारीहरूसँग सहकार्य गरेर मन्त्रालयलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। “म देश र जनताको पक्षमा काम गर्न यहाँ आएको हुँ,” राज्यमन्त्री गर्बुजाले भने।

कार्यक्रममा ऊर्जा सचिव सुरेश आचार्य र जलस्रोत तथा सिँचाइ सचिव सरीता दवाडीले ऊर्जा र सिँचाइ क्षेत्र मुलुकको समृद्धिको मेरुदण्ड भएको उल्लेख गर्दै यसको दिगो विकासमा जोड दिनुपर्ने धारणा व्यक्त गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d
kingmedan303 rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM