२०८२ माघ ९ गते, शुक्रबार ११:३६

बालुवाटार घेरेर दानापानी बन्द गरिदिने लिङदेनको चेतावनी

काठमाडौँ/ राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङदेनले बालुवाटार घेरेर दानापानी बन्द गरिदिने प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् ।

राप्रपाले मंगलबार बल्खुमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले त्यस्तो चेतावनी दिएका हुन् । उनले प्रधानमन्त्री ओली एवं गृहमन्त्री ओलीलाई चेतावनी दिँदै भने, सत्ताको दुरुपयोग गरेर जनतामाथि अन्याय, अत्याचार गरेर आपराधिक व्यवहार प्रदर्शन गरिरहे जनताले बालुवाटार घेराउ गरेर दानापानी बन्द गरिदिने समय आउँछ ।

राजसंस्था समर्थक, राजसंस्थाको माग गर्नेहरु पनि नेपाली नागरिक नै भएपनि गैरनागरिकको व्यवहार गर्ने, पक्राउ गरेर राज्यवीरुद्धको संगठित अपराधको मुद्दा चलाउने जस्ता क्रियाकलाप गैर मानवीय भएको भन्दै त्यसलाई नसच्याए समयले त्यसको हिसाब लिने चेतावनी समेत दिए ।

गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी प्रमुख जिम्मेवार रहेको भन्दै उनले प्रहरी प्रमुखबारे गम्भीर आरोप लगाएका हुन् ।

‘अहिलेको प्रहरी प्रमुख त एमालेको युवा संघको सहअध्यक्ष पो रहेछ त । हामीले भेटेको खोका, अश्रुग्यासका बोक्रा जहाँ एक्सपाइरी डेट २००८ लेखेको रहेछ,’ लिङ्देनले भने, ‘अनि त्यो प्रहरी प्रमुख एमालेको प्रतिनिधि भएर निर्लज्जतापूर्वक हामीले हानेको अश्रुग्यास कसरी एक्सपाइ हुन्छ भन्छ । प्रहरी प्रहरी भएर बस्नुपर्छ, कुनै राजनीतिक दलको भ्रातृ संगठन भएर बस्ने होइन ।’
उनले अहिले फूली लगाइदिने दलका नाइके र सिफारिस गर्ने सधैं सत्तामा नहुने कुरा याद राख्न पनि उनले आग्रह गरेका छन् ।

‘तपाईं (दीपक थापा) लाई फुली लगाइदिने दलका नाइके र सिफारिस गर्नेहरू सधैं सत्तामा हुँदैनन् । यो कुरा याद राख्नुस् । प्रहरी प्रहरी भएर बसोस्,’ लिङ्देनले भने ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM