२०८२ मंसिर २३ गते, मंगलवार १३:५४

रक्सी चोरेको आरोपमा रास्वपा नेता डा. राई पक्राउ

काठमाडौं। राजा फर्काउने आन्दोलनको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का नेता पनि पक्राउ परेका छन्।
काठमाडौंको तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका एक नेता पक्राउ परेका हुन्।

रास्वपाको निर्वाचन क्षेत्र समिति खोटाङका संयाेजक समेत रहेका डा. राजकुमार राई राप्रपाका नेताहरुसँग पक्राउ परेका हुन् । प्रहरीले उनको गतिविधिलाई सिसी टिभीमा हेरेर पक्राउ गरेको हो।

उनीमाथि भाटभटेनीमा भएको लुटपाटमा रक्सी चोरेकोसमेत अभियोग लगाइएको छ। उनी यसअघि खोटाङमा नेपाली कांग्रेसका नेता थिए। पछि उनी रास्वपाको सक्रिय राजनीतिमा फर्किएका थिए। अमेरिकाबाट पिएचडी गरेका राई सिसिआरसी कलेजका निर्देशकसमेत रहेको बताइएको छ।

दुई जनाको ज्यान गएको प्रदर्शनमा प्रहरीले पक्राउ गरेका मध्ये ४१ जनालाई म्याद थप गरेर अनुसन्धान अगाडि बढाएपछि उनी पक्राउ परेको पत्ता लागेको थियो। खोटाङ रावाबेसी गाउँपालिका-१ घर भएका राईलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति लिइसकेको छ।

पहिलो पटक उनलाई ५ दिन र दोस्रो पटक ६ दिनको समय लिएर थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट अनुमति पाएको छ।

गएको पुस १३ गते राई खोटाङको जिल्ला अध्यक्षमा पराजित भएका थिए। केन्द्रीय सदस्य तोसिमा कार्कीको उपस्थितिमा पुस १३ गते शनिबार दिक्तेलमा भएको जिल्ला भेलामा उनी मुकुन्दकृष्ण थापासँग पराजित भएका थिए। त्यसयता उनी पार्टीको जिम्मेवारीमा नरहेको रास्वपा सांसद गणेश पराजुलीले डिसी नेपाललाई जानकारी दिए।

थापाले ३० मत पाउँदा डा. राईले ६ मत मात्रै पाएका थिए। तर डा. राई अध्यक्षमा पराजित भएपछि पार्टीका गतिविधिका साथै राजावादी आन्दोलनमा सक्रिय भएका थिए। उनले तीनकुनेको प्रर्दशनमा सहभागी हुनका लागि खोटाङेकहरुलाई सामाजिक सञ्जालमा क्याम्पेनिङ समेत गरेका थिए।

प्रहरीले पछिल्लो दुई दिन यता थप २५ जनालाई पक्राउ गरिसकेको छ। उनीहरुले चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनको लागि पूर्व अनुमति लिई नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईको कमाण्डरमा अराजक गतिविधि गरेका थिए।

प्रसाई सात दिन यता फरार रहेका छन्। प्रसाईंसहितले संघीय संसद भवन वरिपरि रहेको निषेधित क्षेत्र तोड्न खोजेको, प्रहरी माथि ढुङ्गामुढा गरेको, आफैंले चलाएको गाडीले प्रहरीको ज्यान लिने उद्देश्य र मनसायले आक्रमण गरेको प्रहरीले जनाएको छ।

प्रहरीले आम सर्वसाधारणहरुको सुरक्षार्थ सडकमा डिउटीमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल समेतका सुरक्षाकर्मीहरुलाई समेत ढुंगा, लाठी, फलामका रड, घरेलु हतियार समेतले प्रहार गरेको दाबी गरेको छ। राईलाई पनि सोही अभियोगमा म्याद थपेको छ।

यस्तै सुरक्षाकर्मीको हातहतियार समेत खोसी सुरक्षाकर्मीहरुलाई घाइते बनाएको, सर्वसाधारण मानिसहरुको घर, निजी सम्पत्ति, संचार गृहहरुको भवन, विभिन्न राजनैतिक दलहरुको कार्यालय तथा नेताको निजी निवास, अस्पताल, प्रहरी कार्यालयहरू, व्यापारीक केन्द्र, नेपाल आयल निगमको अति संवेदनशील र अति प्रज्वलनशील पदार्थ ईन्धन भण्डारण रहेको स्थल, नागरिक उड्यन प्राधिकरणको कार्यालय र अन्तर्राष्ट्रिय विमानस्थलको बाहिरी कम्पाउण्डमा समेत तोडफोड र आगजनी गरेको आरोप छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM