२०८२ माघ २६ गते, सोमबार १०:३९

चैत्र नवरात्रको पहिलो दिन: आज शैलपुत्रीको उपासना गरिँदै

काठमाडौँ । चैत्र नवरात्रको पहिलो दिन आज आइतबार नवदुर्गा भवानीको शैलपुत्री स्वरूपको पूजाआरधना गरेर मनाइँदैछ। शैल भन्नाले हिमाल र पुत्री भन्नाले छोरी बुझिन्छ। हिमालयकी छोरी (पार्वती) भएकीले शैल पुत्री भनिएको हो।

दुर्गा भवानीका नौ स्वरूपमध्ये शैलपुत्री पनि एक हो। दाहिने हातमा त्रिशुल र बाँया हातमा कमलको फूल लिएर बसाहको सवारी गर्ने शैलपुत्री स्वरूपा देवीको जाज्वल्यमान स्वरूपको ध्यान मात्र गर्नेले पनि संकट टर्ने विश्वास गरिन्छ।

मार्कण्य पुराणको अनुसार शैलपुत्री नवदुर्गामा पहिलो दुर्गा हुन्। शैलपुत्री देवीको पूजामा सेतो कपडा र सेतै फूल चढाउनुपर्ने उल्लेख छ। साथै कंदमूल वा ऋतु फल चढाउनु भनिएको छ।

नवरात्रको अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ। यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ।

आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम छ। दुर्गा पूजा र दशैँ पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रीको भनाइ छ। दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ।

#वर्षप्रतिपदा (चैत्र शुक्ल–प्रतिपदा)

हामी चैत्र महिना शुक्लपक्षको प्रतिपदा तिथिलाई संवत्सरको पहिलो दिनका रूपमा मनाउने गर्दर्छौँ । हाम्रा पात्रोमा पनि यस दिनलाई वत्सर–आरम्भ अथवा संवत्सर आरम्भ भनी उल्लखे गरिएको पाइन्छ ।

‘संवत्’को सामान्य अर्थ हो वर्ष । यसलाई संवत्सर पनि भन्ने गरिन्छ । पृथ्वीले सूर्यलाई एक पटक परिक्रमा गर्न लाग्ने अवधि अथवा छ वटा ऋतुको एउटा पूर्ण चक्र नै एक संवत्सर हो ।

प्रभवदेखि क्षयसम्म रहेका यस्ता साठी वटा संवत्को चक्रलाई ‘षष्टि संवत्सर’ भनी हामी वैदिक सनातन धर्मावलम्बीले प्रयोगमा ल्याउँदै आएका छौँ । प्रचलनमा आएका सबै संवत्हरूमध्ये सबैभन्दा जेठो र शाश्वत षष्टि संवत्सर नै हो । शाश्वत कुन अर्थमा भने यो कुनै शासक, पैगम्बर अथवा साहुमहाजनका नामबाट चलनमा आएको होइन । सनातन धर्म झैँ यो पनि सनातन छ । यसको गणना तिथि, ऋतुचक्र, सूर्य, चन्द्र र नक्षत्रहरूमा आधारित छ ।

संवत्सर परिवर्तन चैत्र शुक्ल प्रतिपदाबाट हुन्छ । तिथि अनुसार चैत्र महिनाको शुक्ल पक्षको प्रतिपदा तिथिबाट हाम्रो नयाँ वर्ष शुरु हुन्छ । यो गणना चन्द्रमा आधारित र प्रकृतिसम्मत, शाश्वत हो । यसमा कालगणनाको विज्ञान रहेको छ । यस समयमा वसन्त ऋतुको आगमनसँगै वृक्ष–वनस्पतिहरू नयाँ पालुवाले सुशोभित हुन्छन् । वातावरण त्यसै–त्यसै उत्साहजनक र आनन्ददायक बन्दछ । लाग्छ, प्रकृतिले पनि नयाँ वर्षलाई स्वागत गरिरहेकी छिन् ।

सौर पञ्चाङ्गका आधारमा राशी चक्रमा सूर्यको गति हुने क्रमलाई ‘दिनगता’ भन्ने चलन छ । त्यसैलाई छोट्करीमा ‘गते’ भनिएको हो । यसरी एक महिना एउटा राशीमा हुँदै १२ वटा राशीको एक चक्रमा मेषदेखि मिन राशीसम्म सूर्यको गति वर्षभरिमा हुने गर्दछ । मेष राशीमा सूर्य प्रवेश गरेको दिन मेष सङ्क्रान्ति, वैशाख १ गते–लाई हामीले नयाँ वर्षको रूपमा मनाउँदै आएका छौँ । यो मान्यता पनि खगोलीय परिवर्तनमा आधारित एवं वैज्ञानिक नै छ । यस दिनलाई भारतवर्षमा कतै गुडी पाडवा, युगादि आदि नामले पनि मनाउने परम्परा छ ।

चैत्र शुक्ल प्रतिपदाका अन्य केही विशेषताहरू पनि रहेका छन्— 

🚩यसै दिन सृष्टिकर्ता ब्रह्माले सृष्टिको रचना गर्नुभएको शास्त्रीय मान्यता छ ।

🚩 घटस्थापना गर्दै वर्षमा पहिलो नवरात्र— वासन्तिक नवरात्र यसै दिन शुरु हुन्छ । हामी देवी भगवतीको आराधना गरेर साधना, शक्ति र सामर्थ्ययुक्त भई आगामी एक वर्ष कर्मशील हुनेछौँ भनी यसै दिन सङ्कल्पित बन्छौँ ।

🚩 त्रेतायुगमा भगवान् श्रीरामचन्द्रको र द्वापरमा पाण्डवज्येष्ठ युधिष्ठिरको राज्याभिषेक भई धर्मराज्य स्थापना भएको दिनका रूपमा पनि यसलाई स्मरण गरिन्छ । यसले हामीलाई आफ्नो जीवनका प्रत्येक पल तथा परिवार एवं समाजलाई धर्ममय बनाउने प्रेरणा प्रदान गर्दछ ।

🚩 यसै दिन सन्त झुलेलालको जन्मदिन मनाइन्छ । उहाँ सिन्ध प्रान्तमा जन्मनुभएको र त्यहाँका स्थानीय हिन्दूहरूको इष्ट देव समेत हुनुहुन्छ । मुसलमान नवाबले सिन्धका सारा प्रजालाई बलात् धर्मान्तरण गर्ने योजना बनाएको थियो । त्यसलाई सन्त झुलेलालले आफ्नो सद्प्रयासद्वारा विफल पारिदिनुभएको थियो ।

🚩 वैदिक धर्मका प्रचारक, आधुनिक कालमा इसाई र इस्लामका भ्रामक विचारको आलोचना गरी हिन्दू जनसमुदायलाई धर्मान्तरित हुनबाट बचाउने, समाज–सुधारक दयानन्द सरस्वतीले यसैदिन आर्यसमाजको स्थापना गरी ‘कृण्वन्तो विश्वमार्यम्’ भनी विश्वलाई श्रेष्ठ बनाउने कार्य थालनी गर्नुभएको थियो ।

🚩 समाजलाई निर्बल बनाउने विभेदहरू पन्छाएर समग्र हिन्दू समाजलाई सुसंगठित र निर्मल पारिनुपर्छ भन्ने भावका साथ विश्वको सबैभन्दा ठूलो स्वयंसेवी संगठन राष्ट्रीय स्वयंसेवक संघको स्थापना गर्नुहुने विचारक डाक्टर केशव बलिराम हेडगेवारको जन्म पनि यसै दिन भएको थियो ।

यी यावत् तथ्यले विश्वमै हिन्दूहरूलाई गौरवान्वित तुल्याउँदछन् । यी विविध सामाजिक–सांस्कृतिक घटनाको स्मरण गराउने तिथिका रूपमा वर्षप्रतिपदालाई हामी श्रद्धापूर्वक मनाउँदछौँ ।

 

हामी बाँचेको सृष्टिको पहिलो बिहानीदेखि निरन्तर रूपमा समयको स्पष्ट गणना राख्ने सामर्थ्य हाम्रो कालगणनले बोकेको । सूर्य झैँ छ, निरन्तर र प्रकाशवान् । मनगढन्त होइन, टुप्पाबाट पलाएको होइन, वेदसम्मत छ अनि विज्ञानसम्मत पनि छ । रिसर्च गर्ने पद्धतिको प्रतिपादक प्राचीन ऋषिहरूको गहन खोज, अनुसन्धान, विचार, मन्थन, प्रयोग आदिका आधारमा निर्मित हुँदै आएको छ– हाम्रो संस्कृति र यसैको एउटा अनुपम देन हो ‘वैदिक कालगणना’ । यसैका आधारमा नयाँ संवत्सर आरम्भ चैत्र शुक्ल प्रतिपदा र नयाँ वर्ष (गते अनुसार) मेष सङ्क्रान्ति अर्थात् वैशाख १ गतेलाई भव्यताका साथ उल्लास एवं उत्सवपूर्ण तरिकाले मनाउनु हाम्रो कर्तव्य हुन्छ ।

 

प्रतिक्रिया लेख्नुहोस्

neelambads
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM