रुपन्देही । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार रुपन्देही आइपुग्नुभएको छ । रुपन्देहीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन भण्डारी यहाँ आउनुभएको हो । उहाँलाई बिहीबार बिहान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको थियो ।
सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले चैत १६ गते शनिबार नगरपालिकाले भैरहवामा आयोजना गर्ने महिला नेतृहरुबीच अन्तरसम्वाद कार्यक्रम भण्डारीको प्रमुख आतिथ्यतामा हुने बताउनुभयो । लुम्बिनी प्रदेशभित्रका महिला जनप्रतिनिधिहरुबीच अन्तरसम्वाद कार्यक्रम हुने उपप्रमुख अधिकारीले बताउनुभयो ।
उद्घाटन र बन्द गरी दुई सत्रमा कार्यक्रम आयोजना गरिएको र कार्यक्रममा लुम्बिनी प्रदेशका महिला सांसद, स्थानीय तहका महिला प्रमुख उपप्रमुख, महिला अध्यक्ष, उपाध्यक्ष, महिला वडाअध्यक्ष र महिला कार्यपालिका सदस्यलाई आमन्त्रण गरिएको उपप्रमुख अधिकारीले जानकारी दिनुभयो ।
भैरहवास्थित होटल सिद्धार्थ भिलासामा बिहीबार बिहान भण्डारीसँग नेकपा ९एमाले० का नेता(कार्यकर्ता, सांसद लगायतले भेटघाट गरेको नेकपा एमाले सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापाले जानकारी दिनुभयो।