२०८२ असार २० गते, शुक्रबार ०९:००

पर्सामा सशस्त्र प्रहरीले ६४ केजी गाँजा बरामद

पर्सा। सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस बहुअर्वाभाठाबाट खटिएको टोलीले पर्साको बहुदरमाई नगरपालिका-९, बिश्रामपुरस्थित ढङ्गही खोलाको छेउमा लुकाइराखिएको ६४ किलो गाँजा बरामद गरेको छ।

सशस्त्र प्रहरीले ६ वटा पोका गरी जम्मा ६४ केजी गाँजा फेला पारेको हो। लागुऔषध बेवारिसे अवस्थामा रहेको र तस्करहरूले सुरक्षाकर्मीको गस्ती देखेपछि छोडेर भागेको आशंका गरिएको छ। बरामद गरिएको गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय, पोखरीयामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेक्वा, पर्सा वीरगञ्जका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) देवेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो।

लागुऔषध ओसारपसार तथा तस्करी रोकथामका लागि सुरक्षा निकायहरूले कडाइ गरेका छन्। विशेष गरी नेपाल–भारत सीमावर्ती क्षेत्रलाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले नियमित गस्ती तथा निगरानीलाई थप प्रभावकारी बनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

neelambads

Live

Listen Live FM