२०८३ बैशाख ४ गते, शुक्रबार ०५:१९

टोखाबाट बरामद २५ करोडको मालिक को ?

६ चैत, काठमाडौं । ‘जहिले पनि हामी भरिया समात्छौं, मालिक समात्दैनौं । सभामुखमार्फत मेरो अनुरोध छ– मालिक समातेर देखाउनुस् । २५ करोड कुनै भरियाको हुँदैन’ बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद अमरेशकुमार सिंहले भने ।

स्वतन्त्र सांसद सिंहको जस्तै सिन्धुपाल्चोकबाट निर्वाचित सांसद माधव सापकोटाले पनि यो प्रकरण उठाए । ‘डलर र युरो गरेर २५ करोड रुपैयाँ बरामद भएको बाहिर आएको छ । यो घटनाले सिंगो देशलाई तरंगित बनाएको छ । यो घटनाले संगठित अपराध र तस्करीको जालो कुन स्तरसम्म झांगिरहेको छ भन्ने प्रस्ट हुन्छ,’ सांसद सापकोटाले भने ।

२५ करोड प्रकरणको गम्भीरतापूर्वक छानबिन हुनुपर्ने माग बुधबारको प्रतिनिधिसभा बैठकमा उठ्यो । यो प्रकरणले संसदसम्म चर्चा पाउँदा २५ करोडसहित पक्राउ परेका कुसाङ लामाको गाउँमा भने सुनसान छ ।

भोटेकोशी गाउँपालिका–१ का वडाध्यक्ष साङबु लामा भन्छन्, ‘काठमाडौं संसद्सम्म चर्चा पायो होला । यता त सुनसान छ । मलाई एक–दुई जनाले फोन गरे, त्यति नै हो । गाउँघरमा केही हल्लाखल्ला छैन ।’

वडाध्यक्ष लामाले २५ करोडसहित पक्राउ परेका आफ्नै वडाका ४३ वर्षीय फुच्चे भनिने कुसाङलाई राम्रोसँग चिन्ने बताउँछन् । उनको सबै परिवार र बा–आमासँग समेत राम्रो चिनजान रहेका वडाध्यक्ष साङबुले पनि २५ करोडको हैसियत भएका व्यक्ति कुसाङ नरहेको बताएका छन् ।

यसअघि प्रहरीले समेत कुसाङ भरिया मात्रै रहेको बताए पनि अब यो २५ करोडका मालिक को हुन् भन्ने चासो बढेको छ । यही विषयमा बोल्दै सांसद सिंहले मालिक पत्ता लगाउनुपर्ने बताए ।

२५ करोडका मालिक खोजीको विषय संसदसम्म पुग्दा न भरियाले मालिकको नाम लिएका छन् न प्रहरीले नै भन्न सकेको छ । बरु सूचना भए हामीलाई सहयोग गर्नुस् न भन्ने बाहेक प्रहरी अधिकारीहरू औपचारिक रुपमा यस विषयमा बोल्दैनन् ।

प्रहरीको दाबीअनुसार पक्राउ परेका भरियाले भने आफूलाई सामाखुसीमा एक चिनियाँ नागरिकले उक्त रकम दिएको दाबी गरेका छन् । तरको स्वतन्त्र पुष्टि प्रहरीले गर्न सकेको छैन ।

चालकमाथिको सिलिङमा फल्स बटम बनाएर राखेको अवस्थामा गाडिसहित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति १० बजेतिर झोरबाट उनलाई पक्राउ गरेको थियो । उक्त ट्रक नुवाकोट हुँदै त्रिशुली निस्केर रसुवागढी हुँदै केरुङ जाने तयारीमा रहेको प्रहरीको दाबी छ ।

२५ करोड बराबरका डलर बरामद भएपछि यसको रुट र पुग्ने गन्तव्य, डलरसँगै पक्राउ परेका व्यक्तिको पृष्ठभूमि र पक्राउ परेकाको बयानलाई आधार बनाउँदै प्रहरीले २५ करोडको ‘नेक्सस’ सुनसँग जोडेको छ । रसुवाबाट सीमापार गरेर अवैध रकम चीन पुग्ने र उताबाट सुन खरिद गरेर ल्याउने गरेको प्रहरीको दाबी छ ।

डलरलाई सुनसँग जोडेको प्रहरीले यसका मालिकका बारे भने केही खुलाएको छैन । प्रहरी उच्च स्रोतका अनुसार २५ करोडका मालिक नेपाली नागरिक नै रहेको आशंका गरिएको छ ।

२५ करोडका मालिक नेपाली नागरिक रहेको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ । यसअघि सुन प्रकरणमै मुद्दा चलेर छुटेका व्यक्ति रकम हुनसक्ने भन्दै प्रहरी ती नागरिकलाई अनुसन्धानको राडरमा राखेको छ ।

अहिले प्रहरीले त्यही कोणमा अनुसन्धान गरिरहेको छ ।

प्रहरी उच्च स्रोतले अलाइनखबरसँग भन्यो, ‘यसका मालिक नेपाली नागरिक हुनसक्ने अहिलेसम्मको अनुसन्धानले देखाएको छ । अहिले यही कोणबाट अनुसन्धान गर्दैछौं ।

प्रहरीले अहिले २५ करोड रुपैयाँका मालिक रहेको आशंकमा यसअघि एक पटक सुन तस्करीकै मुद्दा चलेका व्यक्तिमाथि केन्द्रित भएर अनुसन्धान गरेको छ । प्रहरीका अनुसार ती व्यक्तिविरुद्ध यसअघि राजश्व अनुसन्धान विभागले मुद्दा चलाएको थियो । त्यतिबेला उनी धरौटीमा रिहा भएका थिए ।

उक्त रकम उनै व्यक्तिको हुनसक्ने आशंकमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । यता, प्रहरीले मंगलबारको पत्रकार सम्मलेनमा भने २५ करोडसहित पक्राउ परेका व्यक्ति यसअघि समते ७ किलो सुनमा पक्राउ परेर जेल गएका व्यक्ति रहेको आपराधिक प्रवृत्ति रहेकाले केही नखुलाउँदा मालिक पहिचान गर्न गाह्रो भएको बताएको थियो ।

गाडी मालिकमै आशंका

भरिया कुसाङको आर्थिक अवस्था केलाउने हो भने यो गाडी नै किन्ने हैसियतामा रहे/नरहेको आशंका देखिने प्रहरी अधिकारीहरू बताउँछन् । सामान्य किसान परिवारका कुसाङले चलाएको ट्रक उनका आमाको नाममा रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्य बताउँछन् ।

पक्राउ परेका कुसाङले भने प्रहरी समक्ष उक्त ट्रक भाइले खरिद गरेर आमाको नाममा पास गरेको बताएका दाबी गरेका छन् । उनको परिवारमा बा–आमा, चार छोरा र एक छोरी छन् ।

भोटेकोशी गाउँपालिका–१ का वडाध्यक्ष साङबुका अनुसार कुसाङका दुई दाइ पनि चालकको काम गर्छन् । भाइ भने अहिले गाउँमा नरहेको उनले बताए । ‘सामान्य परिवारका मान्छे हुन् । गाउँमा खेती किसानी गरेर जिविकोपार्जन गर्छन् । प्रहरीले पक्राउ गरेपछि मात्रै आमाको नाममा ट्रक रहेछ भन्ने थाहा पाएँ,’ वडाध्यक्ष साङबु भन्छन् ।

प्रहरीले समेत उनको आर्थिक अवस्था कमजोर रहेको सूचना पाएपछि ट्रक खरिदबारे समेत अनुसन्धान अघि बढाएको छ । उक्त ट्रक समेत सुन तस्करको समूहले खरिद गरेर प्रयोग गर्न दिएको आशंका गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

राजस्व अनुसन्धान गर्दै

प्रहरीका साथै यो प्रकरणको अनुसन्धान राजस्वले पनि सुरु गरेको छ । प्रवक्ता आचार्यका अनुसार कुसाङलाई मंगलबार नै युरो, डलर र ट्रकसहित राजश्व अनुसन्धान विभागको कार्यालय हरिहर भवन, ललितपुर बुझाइएको छ ।

उनीमाथि राजस्व छली तथा विदेशी मुद्राको कारोबार गरेको हुँदा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को कसुरमा उच्च अदालत पाटनबाट म्याद लिएर विभागले अनुसन्धान अघि बढाएको छ ।

कुसाङलाई ना. ७ख १६५२ नम्बरको ट्रकसहित प्रहरीले झोरबाट पक्राउ गरेको थियो । उक्त ट्रकमा २५ करोड १९ लाख २४ हजार ९५० रुपैयाँ बराबरका यूरो र अमेरिकी डलर बरामद भएको थियो ।

उनै कुसाङ यसअघि १३ पुस २०७३ मा ७ किलो सुनसहित कलंकीबाट समातिएका थिए । त्यतिबेला पनि रसुवा नाकाबाट गल्छी हुँदै काठमाडौं आएको बा. ८च ७४२० नम्बरको हाइलक्स गाडीबाट ७ किलो सुन बरामद भएको थियो । कुसाङले चलाएको गाडीको एयरफिल्टरमा लुकाएको अवस्थामा सुन बरामद भएको थियो ।

यो प्रकरणमा उनी ५ वर्ष जेल बसेर २०७८ मा छुटेका थिए । अहिले फेरि ठूलो मात्रामा डलर र युरोसहित पक्राउ परेका हुन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178
rajamania slot gacor sritoto rajamania slot88 beb88 raintoto relic88 koi77 sritoto sritoto sritoto sritoto sritoto sritoto sritoto
slot gacor m77 zeonslot bendera62 bendera62 bendera62 andara88 andara88 slot gacor slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM