२०८२ फाल्गुन २८ गते, बिहीबार ०४:५१

स्वास्थ्य मन्त्रालय र तिलगंगा प्रतिष्ठानबीच सम्झौता

काठमाडौँ । आँखा स्वास्थ्य सेवामा नेपाली नागरिकको पहुँच बढाउन भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल आँखा कार्यक्रम तिलगंगासँग सहयोग आदानप्रदानसम्बन्धी सम्झौता गरेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल र तिलगंगाका कार्यकारी निर्देशक वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतको उपस्थितिमा सम्झौता भएको हो । 

सम्झौताअनुसार मन्त्रालयले तिलगंगाको सेवा तथा क्षमता वृद्धिका लागि सघाउनेछ भने तिलगंगाले उत्पादित लेन्स दुर्गमका नागरिकलाई १० प्रतिशत तथा अन्य नागरिकका लागि अधिक छुटमा उपलब्ध गराउने छ । 

सरकारको भन्सार तथा मूल्य अभिवृद्धि छुटमा तिलगंगाबाट उत्पादित लेन्स विभिन्न देशमा उच्च गुणस्तरको भन्दै आयात भइरहेको छ । अब सम्झौताअनुसार तिलगंगाले ती लेन्स देशका नागरिकले प्राप्त गर्नका लागि हालको रकममा छुट प्रदान गर्नेछ । 

यसैगरी तिलगंगाले आँखा स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्दै अन्धोपन निवारणका लागि वर्गीकृत दक्ष जनशक्ति उत्पादन गरी ग्रामीण तहसम्म आँखा स्वास्थ्य सेवा पुर्‍याउनेछ । 

मन्त्रालयले तिलगंगाका परियोजना कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मातहतका निकायहरू मार्फत समन्वय र सहकार्य गने सम्झौतामा छ । 

यसैगरी, कार्यक्रम सञ्चालन भइरहेका जिल्लाहरूमा आँखा कार्यक्रम सञ्चालनको लागि प्रदेश सरकार तथा स्थानीय सरकारलाई आवश्यक समन्वय तथा सहजीकरण गर्ने मन्त्रालयले सम्झौता गरेको छ । 

मन्त्रालयले मोतियाबिन्दु शल्यक्रिया पश्चात् उपयोग हुने लेन्स उत्पादनका लागि कच्चा पदार्थ र उपकरण आयातमा प्रचलित कानून बमोजिम भन्सार तथा मूल्य अभिवृद्धि कर सहुलियतका लागि सिफारिस प्रदान गर्ने सम्झौता गरेको छ । 

सम्झौताअनुसार मन्त्रालयले तिलगंगाले आँखा कार्यक्रम सञ्चालन गरेका अस्पतालमा प्राविधिक तथा स्वास्थ्यकर्मीको सीप अभिवृद्धिका लागि सघाउने छ । 

सम्झौता आदानप्रदान पछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले डाक्टर सन्दुक रुइतको नेतृत्वमा नेपालले आँखा उपचारमा विशिष्टता प्राप्त गरेको भन्दै यो गौरवको विषय भएको उल्लेख गर्नुभयो । 

उहाँले अन्तर्राष्ट्रिस्तरमा ख्याति प्राप्त डा. रुइत नेतृत्वको कामलाई राज्यका तर्फबाट मूल्याङ्कन गर्दै थप सहयोग पुर्‍याउनुपर्छ भनेर सम्झौता गरिएको बताउनुभयो । 

‘उहाँले आँखा उपचारमा अन्तर्राष्ट्रियस्तरमा पनि विश्वसनीयता आर्जन गर्नुभएको छ,’ मन्त्री पौडेलले भन्नुभयो, ‘संसारमै लेन्स उत्पादनमा विख्यात बनेको नाम सन्दुक रुइत र उहाँको कामलाई थप कसरी सघाउन सकिन्छ, आगामी दिनमा पनि हामी सघाउन तयार छौँ ।’ 

डाक्टर रुइतले स्वास्थ्य मन्त्री पौडेल सुधारमा सक्रिय रहेको भन्दै हातेमालो गर्न तयार रहेको बताउनुभयो । 

‘स्वास्थ्य मन्त्रीज्यूले सुधारका लागि सक्रिय भएर लागिरहनुभएको छ,’ उहाँले भन्नुभयो, ‘हामी हातेमालो गर्न तयार छौँ । हामीलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धाका लागि सघाउन आग्रह गर्दछु । ’ 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 https://eragenset.com/
kingmedan303 rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77
rajalangit77 rajalangit77 zeonslot zeonslot bendera62 m77 sultantoto andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM