२०८३ जेष्ठ २९ गते, शुक्रबार २१:४७

१५ दिने मिथिला परिक्रमा सम्पन्न




जनकपुरधाम । मिथिलाका महाकुम्भ भनेर चिनिएको १५ दिने मिथिला मध्यमा परिक्रमा पञ्चकोशी अन्तर गृह परिक्रमा गरेर सम्पन्न भएको छ ।

oplus_2

फाल्गुन शुक्लपक्ष प्रतिपदा तिथिबाट जनकपुरधामको अनुमान गढीबाट शुरु भएर फाल्गुन पूर्णिमासम्म चल्ने मिथिला मध्यमा परिक्रमामा यस पटक लाखौँ तीर्थयात्रीहरू सहभागी भएका छन् । १४ दिनको मिथिला मध्यमा परिक्रमा सहभागी हुनेहरू अनिवार्य रुपमा अन्तर गृह परिक्रमामा सहभागी हुनुपर्ने प्रावधान रहेकाले अन्तर गृह परिक्रमामा सहभागी भएर घर फर्केका छन् ।

oplus_2

१५ दिनको मिथिला मध्यमा परिक्रमामा सहभागी नहुनेले अन्तर गृह परिक्रमामा सहभागी भएपछि पूर्ण फल प्राप्त हुने धार्मिक विश्वास भएकाले अन्तर गृह परिक्रमामा कैयौँ लाख तीर्थयात्रीहरू सहभागी भएका छन् । परिक्रमा मार्गमा होलीका दहनका लागि बालिएको आगोको राख उडाउँदै बिहानदेखि भक्तजनहरू अन्तर गृह परिक्रमामा सहभागी रहेका थिए ।

परिक्रमाका तीर्थयात्रीहरूले नेपालका १ सय ७ र भारतको २६ गरेर १ सय ३३ किलोमिटरको दूरी खाली खुट्टा यात्रा तय गर्ने गरेका छन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

Live

Listen Live FM