२०८२ फाल्गुन २ गते, शनिबार २३:२७

आइजीपी कप क्रिकेटको सेमिफाइनल समीकरण पूरा

२८ फागुन, काठमाडौं । प्रथम आइजीपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन दुई खेल सम्पन्न भएका छन् । दुई खेलको नतिजापछि सेमिफाइनल समीकरण पनि पूरा भएको छ ।

पहिलो खेलमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकी प्रदेश प्रहरी कार्यालय टिमलाई ६ विकेटले पराजित गर्‍यो । मुलपानी मैदान(माथिल्लो) मा टस जितेर बलिङ गरेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई ७६ रनमा रोकेको थियो ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमका पेश बलर कैलाश चन्द, हुकुमदेव साह तथा स्पिनर राजन भट्टराईले कसिलो बलिंग गरेपछि गण्डकी कम स्कोरमा समेटिएको थियो ।

बलिङमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमका बायाँहाते पेस बलर कैलाश चन्दले ४ ओभरमा मात्र ९ रन खर्चिएर ४ विकेट लिए । गण्डकीका लागि सुमित महर्जनले सर्वाधिक २८ रन जोड्न सफल भए । क्याप्टेन रामबहादुर थापा र इन्द्रमणी घिमिरेले समान १० रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालय टिमले दिएको ७७ रनको लक्ष्य राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले १३ ओभर ५ बलमा ४ विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो ।

उसका लागि कप्तान राजन भट्टराईले सर्वाधिक २२ रन बनाए भने नरेन्द्र बहादुर चन्दले १८ तथा सागर कटुवालले १० रन जोडे । बलिङमा ४ विकेट लिएका कैलाश चन्द खेलको प्लेअर अफ दि म्याच बने ।

त्यसैगरी आजै भएको दोस्रो खेलमा मधेश प्रदेश प्रहरी कार्यालय टिमले कोशी प्रदेश प्रहरी कार्यालय टिमविरूद्ध १२४ रनको फराकिलो जित हासिल गरेको छ ।

प्रतियोगिताकै पहिलो शतक प्रहार भएको खेलमा दिपेश रायको आक्रामक शतकमा मधेशले कोशीलाई १८९ रनको लक्ष्य दिएको थियो । २३ रनमा खेलिरहेका कप्तान कमलेस मण्डल धानुक रिटायर्ड हर्ट भएपछि क्रिजमा आएका दिपेश सुरुवातबाटै आक्रामक देखिएका थिए ।

१६ बलमा अर्धशतक प्रहार गरेका उनले ३४ बलमा शतक पुरा गरेका थिए । अविजित १०७ रन बनाएका दिपेशले ४ चौका र ८ छक्का प्रहार गरे । बलिङतर्फ कोशीका दिपेश विश्वास २ तथा कलिम मन्सुरी र सागर राना मगरले समान १ विकेट लिए ।

१८९ रनको विशाल लक्ष्य पछ्याएको कोशी प्रदेश योगराज शर्मा र संजय साहको घातक बलिङमा १८ ओभर ५ बलमा मात्र ६४ रनमा अलआउट भयो ।

कोशीलाई अलआउट गर्न मधेशका लागि योगराज शर्माले सर्वाधिक ४ विकेट लिए । संजय साह, नवीन बैठा, कुन्दनकुमार झा र अजय ठाकुरले समान १ विकेट लिए ।
ऐतिहासिक शतक प्रहार गरेका दिपेश राय प्लेअर अफ दि म्याच घोषित भए ।

दुई खेलको नतिजापछि प्रथम आइजीपी कप क्रिकेटको सेमिफाइनल समीकरण पनि पुरा भएको छ । मंगलबार भएको खेलमा विजयी भएका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय टिम र लुम्बिनी प्रदेश प्रहरी कार्यालय टिम यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेका छन् ।

अब सेमिफाइनल खेल शुक्रबार हुनेछ । पहिलो सेमिफाइनल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय टिमले लुम्बिनी प्रदेश प्रहरी कार्यालय टिमबीच बिहान ९ बजे सुरु हुनेछ ।

यस्तै दोस्रो सेमिफाइनल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिम र मधेश प्रदेश प्रहरी कार्यालय टिमबीच हुनेछ । फाइनल खेल चैत्र २ गते शनिबार हुनेछ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

निर्दोषलाई समातेर ‘काम देखाउने’ प्रहरी? ट्रान्सपोर्ट एरियाको झडपमा पर्सा प्रहरीमाथि गम्भीर आरोप

वीरगंज/वीरगंज महानगरपालिका-आदर्शनगरस्थित ट्रान्सपोर्ट एरियामा माघ २६ गते भएको झडप घटनामा

निर्दोषलाई समातेर ‘काम देखाउने’ प्रहरी? ट्रान्सपोर्ट एरियाको झडपमा पर्सा प्रहरीमाथि गम्भीर आरोप

वीरगंज/वीरगंज महानगरपालिका-आदर्शनगरस्थित ट्रान्सपोर्ट एरियामा माघ २६ गते भएको झडप घटनामा

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 djarum4d m77 andara88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM