२०८२ मंसिर २७ गते, शनिबार ००:३९

गौतम स्कूल : शिक्षा कि व्यापार? अभिभावकमाथि अन्यायको श्रृंखला!

– धिरेन्द्र तिवारी

वीरगंज/ वीरगंजको गौतम स्कूल, बाहिरबाट हेर्दा आकर्षक र प्रतिष्ठित विद्यालय जस्तो देखिए पनि भित्री अवस्था निकै भयावह बन्दै गएको छ। शिक्षालाई पवित्र सेवाको रूपमा लिनुपर्ने ठाउँमा यहाँ शिक्षा मुनाफा आर्जन गर्ने साधन मात्र बनेको छ। विद्यालय प्रशासनको असंवेदनशीलता, विद्यार्थी र अभिभावकप्रति देखाइएको अमानवीय व्यवहार, मनपरी शुल्क असुली, अनिवार्य किनमेलका नाममा गरिएको शोषण जस्ता क्रियाकलापले अभिभावकहरू आक्रोशित छन्।

विद्यालयले अत्यधिक शुल्क लिने मात्र होइन, विभिन्न कारणले अभिभावकहरू शुल्क तिर्न ढिलाइ गर्न बाध्य भएमा उनीहरूमाथि दुव्र्यवहार गर्ने, विद्यार्थीलाई मानसिक तनाव दिने जस्ता गैर-जिम्मेवार क्रियाकलाप गरिरहेको छ। विद्यालयले निश्चित पसलहरूबाट मात्र पोशाक, किताब-कापी खरिद गर्न बाध्य पार्ने नीतिहरू लागू गरेको छ, जसले अभिभावकहरूको आर्थिक भार झन् बढाएको छ।

यत्ति मात्र नभई विद्यालयभित्रका बेथितिविरुद्ध बाहिर टिका टिप्पणी गरे बच्चाहरूलाई फिर्ता पठाई दिनेसम्मको तानाशाहीमा रहेको गौतम स्कूल प्रशासनको डरले कोही पनि बोल्न चाहँदैनन्।

तर यसरी भइरहेका अन्याय र अनियमितताहरूविरुद्ध अभिभावक संघर्ष समितिका अध्यक्ष सन्दीप साहले आवाज उठाए। उनले विद्यालय प्रशासनलाई व्यवस्थापन सुधार्न आग्रह गरे, अभिभावकका समस्याहरूलाई सम्बोधन गर्न माग गरे। तर विद्यालय व्यवस्थापनले समस्या समाधान गर्नुको साटो उनलाई नै दबाउने प्रयास गर्यो। सुरुमा उनलाई प्रलोभन दिएर सम्झाउने प्रयास गरियो, जब उनले आफ्नो अडान छोडेनन्, तब उनीमाथि षड्यन्त्र रचियो। प्रभावशाली शक्ति, आर्थिक प्रभाव तथा CIB सम्मको पहुँच प्रयोग गरेर उनलाई झूटो मुद्दामा फसाइयो र हिरासतमा राखियो।

यही सन्दर्भमा वीरगंजका पत्रकार राजेन्द्र सिंह फेसबुकमा लेख्छन् “आज जससँग पैसा छ, त्यसकै सबैले गुण गाउँछन्। अभिभावक संघ पर्साका अध्यक्ष सन्दीप साहलाई फेसबुकमा ‘कान्छा’ वा ‘कान्छी’ शब्द प्रयोग गरेको स्टाटस लेखेको भरमा साइबर क्राइमको मुद्दामा फसाइयो। म व्यक्तिगत रूपमा उनको रिहाइको माग गर्दछु। सन्दीप कुनै अपराधी होइनन्। उनले आफ्नो संस्थाबाट समय-समयमा विभिन्न सामाजिक गतिविधिहरू गर्दै आएका छन्। भोलि उनको संस्थाले खुला रक्तदान कार्यक्रम आयोजना गर्न लागेको थियो। तर विद्यालयका एक व्यक्तिले व्यक्तिगत रिसीबी साध्न र पैसाको बलमा उनलाई फसाएका छन्। यस घटनाले राम्रो संकेत दिएको देखिँदैन। नागरिक समाज र राजनीतिक दलका नेताहरूको मौनताले अझ रहस्य बढाएको छ। आज जससँग पैसा र बल छ, उसले जे गरे पनि हुन्छ भन्ने मानसिकता कस्तो रमिते हेर्ने हाम्रो समाज!”

यो घटनाले ठूलो प्रश्न खडा गरेको छ— के शिक्षाको क्षेत्रमा व्याप्त अन्याय, शोषण, विभेदविरुद्ध आवाज उठाउनु अपराध हो? के शिक्षालाई व्यापारिक अखडामा रूपान्तरण गर्नेहरूमाथि कारबाही हुनुको साटो न्याय माग्नेहरू नै दण्डित हुनेछन्? सन्दीप साहलाई अन्यायपूर्वक फसाइएपछि उनका परिवार मात्र होइन, धेरै अभिभावक आक्रोशित बनेका छन्। उनीहरू भन्छन्— सन्दीपलाई फसाएर विद्यालय प्रशासनले सबै अभिभावकलाई डराउन खोजेको हो। तर अब डराएर बस्ने समय छैन।

विद्यालय प्रशासनको निरंकुशता, व्यापारिक सोच, विद्यार्थी र अभिभावकप्रतिको असंवेदनशील व्यवहारविरुद्ध अभिभावकहरू एकजुट हुनुपर्ने समय आएको छ। अन्यायविरुद्ध लड्ने हिम्मत गर्नेहरूमाथि गलत आरोप लगाएर हिरासतमा हाल्ने संस्कृति यदि आजै अन्त्य गरिएन भने भोलि हरेक अभिभावक यसैगरी शोषणको शिकार बन्नेछन्। शिक्षालाई व्यापार होइन, सेवाका रूपमा स्थापित गर्न, विद्यार्थीहरूमाथि गरिने मानसिक शोषण रोक्न, अभिभावकहरूको न्यायोचित माग पूरा गर्न सबैले आवाज उठाउनुपर्छ। अन्यथा, शिक्षाको यो व्यापारिकरणले हाम्रो समाजलाई दीर्घकालीन रूपमा खतरामा पार्नेछ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d slot gacor marwah4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM