२०८३ बैशाख २७ गते, आईतवार १०:५९

पोखरामा कोटिहोम महायज्ञ निरन्तर हुने, उच्च अदालतको अन्तरिम आदेश कायम

पोखरा, फाल्गुन १९ – पोखरा महानगरपालिकाले रोक्न खोजेको कोटिहोम ज्ञान महायज्ञ उच्च अदालतको आदेशपछि यथावत् रूपमा सञ्चालन हुने भएको छ।

श्री मानव सेवा फाउण्डेसन, नेपालले पोखरा महानगरपालिकाको हस्तक्षेपविरुद्ध उच्च अदालत पोखरामा रिट निवेदन दिएको थियो। सोही क्रममा २०७८ फागुन १ गते उच्च अदालतले अन्तरिम आदेश जारी गर्दै महायज्ञ नरोक्न/नरोकाउन आदेश दिएको थियो।

तर, पोखरा महानगरपालिकाले उक्त आदेश खारेज गरिपाउन माग गर्दै भ्याकेट निवेदन दर्ता गराएको थियो। आज २०७८ फाल्गुन १९ गतेको पेशीमा संयुक्त इजलासले अन्तरिम आदेश खारेज गर्नु नपर्ने निर्णय गर्दै महायज्ञ सञ्चालनमा रोक नलगाउने आदेश दिएको छ।

यस निर्णयसँगै कोटिहोम ज्ञान महायज्ञ पूर्वनिर्धारित मिति, स्थान र समयमा नै सम्पन्न हुने निश्चित भएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM