२०८२ माघ २९ गते, बिहीबार २२:११

स्वर्गद्वारी गुठीपीडित हिरासत मुक्त, सांसद शर्मा भन्छिन्- पीडितको माग सम्बोधनको साटो दमन गर्नु गलत

१९ फागुन, काठमाडौं । काठमाडौंबाट पक्राउ परेका दाङका स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिका १२ जनालाई प्रहरीले छाडेको छ ।

लालपुर्जा माग्दै गत माघ २० गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा अनिश्चितकालीन धर्नामा बसेका किसानहरुसँग आइतबार प्रहरीसँग झडप भएको थियो । झडपमा प्रहरी वृत्त सिंहदरबारका डिएसपी गंगा पौडेललगायत घाइते भएका थिए ।

सो घटनापछि प्रहरीले दाङका ४८ वर्षीया पिमा चौधरी, ३३ वर्षीया सुनिता चौधरी, ३० वर्षीया विमला चौधरी, ३५ वर्षीया विन्दु कुमाल, २९ वर्षीया रमा चौधरी, २७ वर्षीय रमेश चौधरी, ४८ वर्षीय भरत चौधरी, ४६ वर्षीय लाल बहादुर चौधरी, वर्षीय धनिराम चौधरी, २९ वर्षीय शेरबहादुर चौधरी, ५० वर्षीय बालकृष्ण चौधरी र २५ वर्षीय प्रविण चौधरीलाई नियन्त्रणमा लिएको थियो । उनीहरु सबैलाई आज बिहान छाडिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।

यसैबीच दाङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवम् नेकपा माओवादी केन्द्र स्थायी समिति सदस्य रेखा शर्माले गुठी पीडित किसानलाई भेटेर माग पुरा गर्ने कानुन बनाउनतिर ध्यान नदिएर सरकार दमनमा उत्रिएको भन्दै विरोध गरेकी छन् । उनले आन्दोलनरत किसानहरुको माग सम्बोधन गर्नुपर्ने बताइन् ।

‘किसानहरुले जुन जग्गा लामो समयदेखि आफैंले जोतभोग गर्दै आएका छन् । त्यो जग्गाको लालपूर्जा कानुन बनाएर देउ भनेर उनीहरुले माग राखेका थिए । सरकारले उनीहरुको माग सुनेन । संसदमा जनप्रतिनिधिहरुले संसदमा यति धेरै यो कुरा उठाउँदा पनि सरकार समस्या सम्बोधन गर्नतिर लागेन । गुठी किसानलाई भेटेर माग पुरा गर्ने कानुन बनाउनतिर ध्यान दिइएन,’ सांसद शर्माले भनिन्, ‘जनतालाई दुःख नदिएर दाङ पठाउनुपर्नेमा दमन भयो । त्यसो गर्नुु हुँदैन ।’

उनले अगाडि भनिन्, ‘सरकारले गुठी पीडित किसानहरुको मागलाई सकारात्मक रुपमा लिएर कानुन बनाएर उनीहरुको समस्या सम्बोधन गर्नुपर्छ । उनीहरुलाई विनासर्त रिहा गरेर समाधानको बाटोमा जानुपर्छ ।’

स्वर्गद्वारी गुठीपीडितहरूले आज पनि धर्ना कार्यक्रमलाई जारी राख्ने बताएका छन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM