२०८२ श्रावण ४ गते, आईतवार ०३:०४

पार्टीभित्रै लडेर थाकेका छौं, कम्युनिस्टसँग फस्यौं : शेखर कोइराला

१८ फागुन, बुटवल । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पार्टी अहिले कम्युनिस्टसँग फसेको बताएका छन् । पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागले बुटवलमा गरेको कार्यक्रममा नेता कोइरालाले कम्युनिस्टहरूले कांग्रेसलाई बारम्बार दोष दिएर रक्षात्मक बन्ने गरेको बताए ।

‘कम्युनिस्टहरूले बारम्बार कांग्रेसलाई दोष दिइरहेका छन्, कम्युनिस्टसँग फसेको छ कांग्रेस अहिले,’ कोइरालाले भने, ‘हामी पार्टीभित्र आफैंबीच लडेर थाकेका छौं, हामी एमाले, माओवादी, जसपा जस्ता पार्टीसँग लड्नु छ, आपसमा लडेर पार्टी बलियो हुन्न, एक ढिक्का हुनपर्छ ।’

आगामी चुनाव एक्लै चुनाव लड्न पार्टीभित्र एकताको खाँचो रहेको भन्दै उनले पार्टीभित्रको लडाईं देखेपछि जनताले चुनावमा जित्दैन भनेर मत नदिने बताए ।

रोजगारी, शिक्षा र अन्य कारणले दैनिक १५ सय देखि २ हजार जना नेपाली विदेश जाने गरेको विषयले निराशा बढाएको उल्लेख गरे । देशभित्रै सम्भावना र अवसर छ भन्ने विश्वास जगाउन सुशासन दिन सक्नुपर्ने उनको भनाइ थियो ।

नेपालका विश्व विद्यालयहरूको पाठ्यक्रम परिवर्तन गरेर विद्यार्थीलाई स्वदेशमै पढ्ने र रोजगारीसँगै गर्ने अवसर सिर्जना गर्न राजनीतिक नेतृत्वमा संवेदनशीलता चाहिएको कोइरालाले औंल्याए ।

हाइड्रो पावर, सोलार, प्रांगारिक कृषि, जडिबुटी, फलफूल, सूचना प्रविधि र फोहोरबाट मल र ऊर्जा बनाएर राम्रो आर्थिक लाभ लिन सकिने कोइरालाले सुझाए ।

पार्टीका विभागहरूले नागरिकलाई फाइदा हुने र जनतासँग जोडिने काम गर्न निर्देशन दिँदै उनले महाधिवेशनमा पक्ष/विपक्ष भएपनि अरु बेला एकजुट भएर पार्टी बलियो बनाउन लाग्न आग्रह गरे ।

कम्युनिस्टजस्तो कार्यकर्ता आधारित नभई मास बेस्ड (जनता आधारित) पार्टी भएकाले कांग्रेसको गति अलि सुस्त भएपनि अन्तर्राष्ट्रिय समुदायले कांग्रेसलाई हेरिरहेका कोइरालाले बताए । बीपीले अघि सारेको समाजवाद काग्रेसले नछाडेको उनले बताए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM