२०८२ फाल्गुन २८ गते, बिहीबार ०४:२५

‘सबै जातजाति, भाषा, धर्म र संस्कृतिलाई राष्ट्रको मूलधारमा ल्याउन सके राष्ट्र बलियो हुन्छ’

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले देशका सबै जातजाति, भाषा, धर्म संस्कृतिलाई राष्ट्रको मूलधारमा ल्याउन सके राष्ट्र बलियो हुने बताउनुभएको छ ।

सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालको आयोजनामा तारिणीप्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगरमा आयोजित ‘नेपालको समावेशी आवाज रेडियो नेपाल, राष्ट्र भाषाको समाचार तथा कार्यक्रम प्रसारण सवाल र भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री कार्कीले सबै धर्म, संस्कृति, जातजातिको संरक्षणले नै पहिचान स्थापित हुने र बलियो राष्ट्र हुने बताउनुभयो ।

कोशी प्रदेशभित्र रहेका विभिन्न जातजाति धर्म संस्कृतिलाई संरक्षण गर्न नीति बनाउनेतर्फ सरकार लागिरहेको जानकारी दिँदै उहाँले भाषा आयोगले सिफारिस गरेको लिम्बु र मैथिली भाषालाई यो प्रदेशमा पहिलो चरणमा स्थापित गरेर अगाडि बढ्न सरकार प्रतिबद्ध भएर लागेको बताउनुभयो ।

टेलिभिजन र रेडियो नेपालले किशोर अवस्थाका बालबालिकालाई लक्षित गरेर कार्यक्रम बनाउन सके सुसंस्कृत र योग्य नागरिक तयार हुने चर्चा गर्दै मुख्यमन्त्री कार्कीले यसतर्फ कार्यक्रम गरेर समाजलाई अगाडि बढाउनुपर्ने उल्लेख गर्नुभयो । 

कार्यक्रममा आन्तरिक मामला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले सहकार्यका माध्यमबाट यहाँको भाषा संस्कृतिको संरक्षण गर्न प्रदेश सरकार तयार रहेको जानकारी दिनुभयो । 

सार्वजनिक सेवा प्रसारण नेपालकाका अध्यक्ष डा. महेन्द्र विष्टले रेडियो नेपाल र नेपाल टेलिभिजन प्रदेश सरकारसँगको सहकार्यमा अगाडि बढ्न चाहेको बताउँदै यसका लागि आवश्यक तयारी गरेर प्रदेश सरकारसँग छलफल गर्ने बताउनुभयो ।

उहाँले राष्ट्रिय एकतालाई बलियो बनाउन सबै जातजाति, भाषा संस्कृतिको आवाजलाई मुखरित गर्नुपर्ने खालका कार्यक्रम उत्पादन एवं प्रसारणमा रेडियो नेपाल लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सार्वजनिक प्रसारण सेवा नेपाल सञ्चालक समितिका सदस्य डा भूमिराज चापागाईँले संस्कृतिको प्रवर्द्धन आफ्नो घरबाट शुरु गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा रेडियो नेपाल योजना विकास विस्तार महाशाखा प्रमुख एवं सञ्चार ग्रामका निर्देशक पुष्करराज गौतमले विराटनगरस्थित तारिणिप्रसाद कोइराला स्मृति सञ्चार ग्रामले उद्देश्य अनुसार आफ्नो गतिविधि गर्दै आएको बताउनुभयो । 

रेडियो नेपालका कार्यक्रम महाशाखा प्रमुख ताराप्रसाद वस्तीले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई बढी भन्दा बढी जनताले रुचाउने खालको कार्यक्रमको प्रसारणमा जोड दिनुपर्ने बताउनुभयो । सो अवरमा उहाँले रेडियो नेपालको प्रसारण सेवाबारे कार्यपत्र समेत प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा तारिणीप्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर कार्यालयका प्रमुख सूर्य नारायण कर्णले सञ्चार ग्रामले सबै जातजाति, भाषाभाषीहरुको भावनालाई सम्बोधन हुने गरी कार्यक्रम प्रसारण गरिरहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले पत्रकारहरूलाई दक्ष र योग्य बनाउँदै समावेशीकरणको विषयलाई अगाडि बढाउनुपर्ने जोड दिनुभयो । 

यस अघि विराटनगर स्थित सञ्चार ग्राममा तारिणीप्रसाद कोइराला स्मृति सञ्चार ग्राममा सञ्चालक समितिको बैठक समेत बसेको थियो ।

बैठकमा सार्वजनिक प्रसारण सेवा नेपालका अध्यक्ष डा महेन्द्र विष्टले सञ्चार ग्रामको ऐतिहासिक महत्व रहेकाले यसको भवन तथा संरचनालाई बहुउपयोगी बनाउन सक्नुपर्नेमा जोड दिनुभयो । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 https://eragenset.com/
kingmedan303 rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77
rajalangit77 rajalangit77 zeonslot zeonslot bendera62 m77 sultantoto andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM