२०८२ मंसिर २१ गते, आईतवार ००:२०

कर्मचारी मिलन केन्द्र पर्साको नेतृत्वमा मल्लिक चयन

वीरगंज/कर्मचारी मिलन केन्द्र पर्साले वार्षिक साधारणसभा तथा अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको छ। केन्द्रको शनिबार सम्पन्न अधिवेशनले जिल्ला अदालत पर्साका श्रेस्तेदार प्रभाकरकुमार मल्लिकको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

नयाँ कार्यसमितिमा उपाध्यक्षका रूपमा जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादव चयन हुनुभएको छ भने महिला उपाध्यक्ष नेपाल बीमा प्राधिकरण मधेश प्रादेशिक कार्यालय प्रमुख प्रिति देव रहनुभएको छ। सचिवको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत दीपककुमार पटेललाई दिइएको छ भने सहसचिव राष्ट्रिय समाचार समिति वीरगञ्ज कार्यालयका प्रमुख हिमाल लम्साल चयन हुनुभएको छ।

कोषाध्यक्षको रूपमा कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका कोष नियन्त्रक सन्तोषप्रसाद कुशवाह चयन हुनुभएको छ। अन्य सदस्यहरूमा यान्त्रिक व्यवस्थापन कार्यालयका इन्जिनियर सुरेश प्रसाद, नेपाल बैंक लिमिटेडका शाखा प्रबन्धक रञ्जनकुमार केशरी, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक अमृत बस्नेत, घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत अन्जनी मण्डल, वीरगञ्ज महानगरपालिकाका इन्जिनियर राकेशप्रसाद साह, र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका सूचना अधिकारी सञ्जयकुमार गुप्ता रहनुभएको छ। थप एक सदस्य पछि मनोनयन गरिने बताइएको छ।

केन्द्रको सल्लाहकार समूहमा जिल्ला प्रमुख न्यायाधीश दीपक खनाल, न्यायाधीशहरू उत्तम सिलवाल, आनन्द श्रेष्ठ, उपेन्द्रकेशर खनाल र रुद्र सुवेदी रहनुभएको छ। त्यस्तै, केन्द्रको संरक्षकका रूपमा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्याल चयन हुनुभएको छ।

कार्यक्रमका प्रमुख अतिथि तथा पर्सा जिल्ला अदालतका प्रमुख न्यायाधीश दीपक खनालले राष्ट्रसेवक कर्मचारीहरू स्थायी सरकार भएकाले इमानदारिता र सिर्जनशीलता अपनाउँदै कार्यसम्पादन गर्नुपर्नेमा जोड दिनुभयो। फरक-फरक भूगोलबाट आएका कर्मचारीहरूले कार्यालयका सेवाग्राहीलाई प्राथमिकता दिँदै आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्नुपर्ने उहाँको भनाइ थियो।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कर्मचारीहरूको पेशागत हकहितको साथै जिम्मेवारीलाई प्रभावकारी बनाउनु आवश्यक रहेको बताउनुभयो। जनताको विश्वास जित्ने गरी सहज र पारदर्शी सेवा प्रदान गर्नुपर्ने उहाँको धारणा थियो।

नवनिर्वाचित अध्यक्ष मल्लिकले केन्द्रलाई अझ बढी रचनात्मक र सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा निवर्तमान अध्यक्ष राकेशकुमार झाले केन्द्रका वार्षिक गतिविधिहरू तथा कार्यप्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM