२०८२ फाल्गुन २८ गते, बिहीबार ०३:५४

कांग्रेस संस्थापनभित्र पूर्वपदाधिकारी समेटेर समीकरण बनाउन कसरत

६ फागुन, काठमाडौं । नेपाली कांग्रेसको एउटा तप्का महाधिवेशन केन्द्रित भएर जुर्मुराएको छ । १५औं महाधिवेशनका लागि समीकरण बनाउने ध्येयले संस्थापन पक्षका पूर्व पदाधिकारीहरूलाई एकीकृत राख्ने कसरत सुरु भएको छ ।

कांग्रेस विभाजित हुँदा सभापति शेरबहादुर देउवालाई साथ दिएकादेखि अघिल्लो महाधिवेशनमा पनि उनैलाई समर्थन गरेका नेताहरूले नयाँ समीकरण बनाउन पहल गरेका छन् ।

कांग्रेसका तीन नेता विमलेन्द्र निधि, प्रकाशमान सिंह र डा. शशांक कोइरालाले अन्य पूर्वपदाधिकारीहरू समेत समटेर महाधिवेशन केन्द्रित गठजोडको पहल गरेका छन् ।

पार्टीका संस्थापक नेता बीपी कोइराला, महेन्द्रनारायण निधि र गणेशमान सिंहका पुत्रत्रयले महाधिवेशन केन्द्रित छलफल अघि बढाएका हुन् । उनीहरू तीनै जना पूर्वपदाधिकारी हुन् ।

निधि र सिंहले उपसभापतिको भूमिका समेत निर्वाह गरिसकेका छन् भने कोइराला पूर्वमहामन्त्री हुन् । निधि र सिंह विद्यार्थी राजनीति हुँदै पार्टी राजनीतिमा आएकाले संगठनको बलसँगै पारिवारिक बिरासतसमेत छ । कोइरालाको हकमा भने पारिवारिक बिरासत छ । चिकित्सक पेशामा रहेका कोइरालालाई पूर्वसभापति गिरिजाप्रसाद कोइरालाले राजनीतिमा ल्याएका थिए ।

तीन नेताहरू आगामी महाधिवेशनमा मिलेर जाने विषयमा छलफल गर्नुको अतिरिक्त थप नेताहरूलाई जोड्ने प्रयासमा छन् । एकीकृत शक्ति बनाउनका लागि तीन जनाको शक्तिमा अन्य नेताहरू पनि थपिने पूर्वउपसभापति विमलेन्द्र निधिले बताए । उनका अनुसार नेताहरू जोडिँदै गएपछि आगामी महाधिवेशनका लागि सभापतिको प्रत्यासी छनोट हुनेछ ।

पूर्व उपसभापतिद्वय विजय गच्छदार, गोपालमान श्रेष्ठ, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला लगायतका नेतासँग छलफल गरिने निधिले जानकारी गराए । ‘चारमध्ये एक जनालाई सभापतिको उम्मेदवार स्वीकार्ने गरी छलफल अघि बढेको छ,’ निधिले भने, ‘म, प्रकाशमान, शशांक र कृष्ण सिटौलाजीमध्ये एक जनालाई सभापतिको उम्मेदवार बनाउने गरी सहमति जुट्छ ।’

सिटौला पूर्वसभापतिद्वय गिरिजाप्रसाद र सुशील कोइरालाको विश्वासपात्र नेता हुन् भने श्रेष्ठ कार्यवाहक सभापति बनिसकेका नेता हुन् । संस्थापनमा देउवापछिको सिनियर व्यक्ति आफू रहेको श्रेष्ठले दाबी गर्दै आएका छन् ।

गत महाधिवेशनमा निधि, कोइराला र सिंहका बीचमा एक जना सभापतिको उम्मेदवार हुनेगरी निरन्तर छलफल भएको थियो । तीन नेताहरूको निवासमा त्यही विषयलाई लिएर पटकपटक संवाद भएको थियो । तर नेताहरूबीच सहमति जुट्न सकेन । त्यसबेला संस्थापन पक्षबाट ‘विद्रोह’ गरेर उपसभापति रहेका निधिले सभापतिमा उम्मेदवारी दिए ।

संस्थापन इतरले पनि एकल उम्मेदवार खडा गर्न सकेन । पूर्व उपसभापति एवं महामन्त्री सिंहले सभापतिमा उम्मेदवारी दिए । पूर्व महामन्त्री कोइराला तठस्थ बसे । राज्यका अंगका प्रमुख पदमा तीन नेता व्यवस्थापन हुने गरी तीन नेताबीच संवाद समेत भएको थियो ।

महाधिवेशन अघि सिंहले ‘तीन पुत्र’ बीच सभापति, प्रधानमन्त्री र राष्ट्रपतिमा भागबण्डा गरेर सहमति जुटाउन आफूले प्रस्ताव गरेको सुनाएका थिए । ‘मैले को सभापति, को प्रधानमन्त्री, को राष्ट्रपति मिलाऔं भनेको छु,’ महाधिवेशनअघि पत्रकारसँग सिंहले प्रतिक्रिया दिएका थिए । सभापतिको उम्मेदवारमा एकले अर्कोलाई स्वीकार्न तयार नभएपछि आआफ्नो तरिकाले अघि बढेका थिए ।

पूर्व उपसभापतिद्वय विजय गच्छदार, गोपालमान श्रेष्ठ, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला लगायतका नेतासँग छलफल गरिने निधिले जानकारी गराए ।

सभापति पदमा सिंहले ३७१ र निधिले २५० मत प्राप्त गरे । दोस्रो चरणमा भएको मतदानमा दुवैले सभापतिमा देउवालाई सघाए । सभापतिमा सघाएका सिंह, निधि र सिटौलालाई देउवाले मनोनित केन्द्रीय सदस्य बनाए । खुलातर्फ केन्द्रीय सदस्यमा कोइराला निर्वाचित भएका थिए । तीन नेताको संवाद पुनः सुरु भएको छ । कोइराला र सिंह निवासमा दुई चरण तीन नेताले छलफल गरिसकेका छन् ।

एकीकृत बल नहुँदा महाधिवेन प्रतिनिधिले न्यून मत प्राप्त गरको ‘आत्मबोध’ सहित समकालीन नेताहरूले गठजोड बनाउन तदारुकता देखाएका छन् । गत निर्वाचनमा कुनै पनि पनि पदमा उम्मेदवार नदिएका र संस्थापनसँग संयुक्त प्यानल बनाएका सिटौला सहितको समीकरण बनाउन तीन नेताहरू लागेका छन् ।

१३औं महाधिवेशनमा सभापतिको उम्मेदवार बनेका सिटौलाको आजपर्यन्त पार्टीभित्र समूह छ । पार्टीभित्र प्रमुख दुई समूह देखिए पनि सिटौला पक्षधरको समेत अस्तित्व कायमै छ ।

तीन जनाको छलफल निरन्तर रहेको र अबका संवादमा सिटौलालाई समेत आमन्त्रण गरिने निधिले जानकारी गराए । निधि, सिंह र कोइरालाले गत असोजदेखि छलफल सुरु गरेका छन् । प्रारम्भिक छलफलकै क्रममा रहेको र थप व्यक्तिहरू जोड्ने पहल भइरहेकाले भविष्यमा कसलाई कहाँ व्यवस्थापन गर्ने भन्ने विषयमा संवाद नभएको नेताहरू बताउँछन् ।

नयाँ बन्ने समीकरणमा पूर्व उपसभापति विजय गच्छदारलाई समेत समेट्ने प्रयास नेताहरूको छ । सभापतिमा दौडमा नदेखिएका गच्छदार पक्षको मत समेत तान्न सकिने अभिप्रायले उनलाई पनि जोड्न कसरत भइरहेको नेताहरू बताउँछन् ।

तत्कालीन लोकतान्त्रिक फोरमलाई गच्छदारले कांग्रेसमा विलय गराएका थिए । १४औं महाधिवेशनमा गच्छदार पक्षले करिब १८ हजार क्रियाशील सदस्यको दाबी गरेको थियो । गत महाधिवेशनमा २५० देखि २६० जनासम्म महाधिवेशन प्रतिनिधि ल्याएको गच्छदार पक्षको दाबी थियो । फोरम पृष्ठभूमिका नेता/कार्यकर्ता तान्नका लागि सभापतिका प्रत्यासीले स्वभाविक रूपमा गच्छदारको साथ खोज्नुपर्ने हुन्छ ।

सभापति देउवा विधानतः अर्कोपटक सभापति पदमा रहन पाउँदैनन् । कांग्रेस नेताहरूका अनुसार ‘आउट गोइङ’ सभापति भएका कारणले देउवाले संस्थापन पक्षको बैठक समेत आह्वान गर्न छोडेका छन् । सभापति देउवाले समूहको बैठक आह्वान नगर्दा संस्थापन पक्षका नेताहरू तितरवितर भएको उक्त समूहमा आशंका छ ।

सहमहामन्त्रीद्वय भीष्म आङदेम्बे र डीना उपाध्याय, नेताहरू एनपी साउद, डिला संग्रौला मोहन बस्नेत लगायतले संस्थापन पक्षमा नरहेको चर्चाका बीचमा ११ जनाको टोली २ फागुनमा देउवा निवास पुगेको थियो । उपसभापति खड्का, नेताहरू सिटौला, निधि, शशांक, प्रकाशमान, प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, विजय गच्छदार, बालकृष्ण खाँड, एनपी साउद, उमाकान्त चौधरी बुढानीलकण्ठ पुगेका थिए ।

सभापति देउवालाई साथ दिँदै आएकाहरूको छलफलका लागि बुढानीलकण्ठ पुगेको नेता श्रेष्ठ बताउँछन् । जुन व्यक्ति उठ्दा सबै अटाउन सक्छन्, त्यही व्यक्तिको नेतृत्वमा महाधिवेशनमा प्रतिस्पर्धा गर्ने श्रेष्ठले बताए । उनले भने, ‘जो व्यक्ति सिनियर होस् । उसको नेतृत्वमा उपसभापति र महामन्त्रीहरू अट्न सकोस् । त्यसैलाई उठाउँछौं ।’

बैठकमा सहभागी नेताहरूका अनुसार संस्थापन पक्षबाट १५औं महाधिवशनको सभापतिको उम्मेदवारबारे देउवाले केही बोलेनन् । बैठकमा सहभागी एक नेताले देउवा तत्काल बोल्ने पक्षमा नदेखिएको सुनाए । देउवाले महाधिवेशन नजिक देखाउन सक्ने दुई वटा भूमिकाको विश्लेषण सहित उनले सुनाए । पहिलो, देउवाले महाधिवेशन प्रतिनिधिको मुड हेरेर कुनै व्यक्तिलाई साथ दिन सक्छन् । दोस्रो, कुनै एउटा व्यक्तिको पक्षमा बोल्दा सर्वमान्य नेता हुन नसक्ने हुँदा कसैको पक्षमा पनि खुल्दैनन् ।

‘उहाँ अहिले कसैको पक्षमा पनि बोल्ने देखिन्न । प्रधानमन्त्री हुनुअघि झनै कसैको पक्ष लिएर समर्थन गर्ने सम्भावना छैन,’ ती नेताको विश्लेषण छ, ‘कुनै व्यक्तिको समर्थन गर्दा अर्को पक्ष चिढिने हुँदा तटस्थ बस्न पनि सक्छन् ।’

देउवा सभापतिको प्रत्यासी नहुने तर त्यही समूहमा एकले अर्कालाई स्वीकार गर्ने अवस्था नहुँदा नेताहरू एकसाथ बुढानीलकण्ठ पुगेका थिए । सभापतिको उम्मेदवार डा. शेखर कोइराला र गगन थापा मात्रै हुन् कि जस्तो गरी भएको प्रचारले समेत संस्थापन पक्षका नेतामा चिन्ता थपेको छ ।

सभापतिका लागि फेरि प्रतिस्पर्धा गर्ने घोषणा सहित संस्थापन इतरका नेता कोइराला अघि बढिसकेका छन् । महामन्त्री थापाले सभापतिको उम्मेदवार हुने गरी तयारी गरिरहेको कांग्रेस नेताहरू बताउँछन् ।

सहमहामन्त्री, महामन्त्री हुँदै उपसभापति बनेका पूर्णबहादुर खड्का समेत सभापतिका आकांक्षी हुन् । यद्यपि, त्यही समूहबाट सभापतिका आकांक्षी अन्य नेताहरू समेत रहेकाले सर्वस्वीकार्य व्यक्ति चयन हुन कठिन हुने नेताहरू बताउँछन् । कांग्रेसका एक नेताका अनुसार तीन पुत्रले खड्कासँग सभापतिको उम्मेदवारका विषयमा छलफल गरेका छैनन् । उनी भन्छन्, ‘उहाँहरू तीन पुत्र र अरु अरु पूर्व पदाधिकारीलाई मिलाउन खोज्नुभएको छ । भावी महाधिवेशनलाई लिएर पूर्णबहादुरसँग छलफल भएजस्तो लाग्दैन ।’

पार्टी सभापति हुने अवस्था नभए पनि देउवाको शक्ति रहिराख्ने आकलनसहित नेताहरू उनको सहयोग खोज्न लागिरहेको विश्लेषण कांग्रेसमा हुँदै आएको छ । उनी पदीय भूमिकामा नरहे पनि आफू अनुकूलको व्यक्तिलाई सभापतिमा ल्याउन खोज्ने हुँदा उनले इच्छ्याउने व्यक्तिहरूका बारेमा चर्चा हुँदै आएको छ ।

अघिल्लो महाधिवेशनमा तटस्थ बसेर अप्रत्यक्ष रुपमा सभापतिमा देउवालाई सघाएकोले उनका लागि शशांकलाई उपयुक्त पात्रका रुपमा चित्रण समेत कांग्रेसमा गरिन्छ । शशांक निकटका एक नेता सबै नेताहरूलाई समदुरीमा राखेको बताउँछन् ।

‘देउवा नजिक भएको भन्छन् । होइन भनेर हामीले किन भन्दै हिँड्नु पर्‍यो र? सम्बन्ध बिग्रेको भन्दा नजिक भयो भनेकै राम्रो हो नि,’ शशांक निकट नेता भन्छन्, ‘कुनै नेताको पनि सम्बन्ध नबिग्रियोस् भन्नेमा छौं ।’

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 https://eragenset.com/
kingmedan303 rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77
rajalangit77 rajalangit77 zeonslot zeonslot bendera62 m77 sultantoto andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM