२०८२ फाल्गुन २८ गते, बिहीबार ०४:४१

जलनको उपचार अभावमा बढ्दै मृत्युदर

७ फागुन, काठमाडौं । काठमाडौं उपत्यकाभित्र र बाहिरका अधिकांश जलनका बिरामीहरू सोझै या रेफर भएर पुग्ने अस्पतालमध्ये एक हो कीर्तिपुर अस्पताल । किनकि, जलनको सामान्य उपचारका लागि देशभरका बिरामी काठमाडौं नै आइपुग्नुपर्ने बाध्यता छ ।

तर, कीर्तिपुर अस्पतालमा उपत्यकाका ८ प्रतिशत र काठमाडौं बाहिरका ९२ प्रतिशत जलनका बिरामी आउने गरेको तथ्यांकले देखाउँछ । बढी जलनका घटना मधेश प्रदेशमा हुने गरेको छ । तथ्यांकहरूले देखाउँछन्– जलनमा पर्ने धेरैजसो बिरामी दूरदराज र विपन्न वर्गका हुन्छन् ।

विज्ञका अनुसार जटिल जलन भएकामध्ये झन्डै ६० प्रतिशत बिरामीको बाटोमै मृत्यु हुन्छ । जसको प्रमुख कारण नै प्राथमिक उपचार नपाउनु हो ।

बिरामीलाई पानी न प्राथमिक उपचार

सरकारले जलनका घाइतेहरूलाई नै उपचार गर्ने भनेर अस्पताल बनाएको छैन । सबैखाले उपचार हुने ठूला अस्पतालमा ५ देखि १० वेडको जलन उपचार विभाग तोकिए पनि दक्ष जनशक्ति नहुँदा काठमाडौं नै रेफर गर्ने अभ्यास छ ।

कीर्तिपुर अस्पतालका वरिष्ठ प्लाष्टिक सर्जन डा. शकरमान राई भन्छन्, ‘जलेका बिरामीले प्राथमिक उपचार नै पाइरहेका छैनन् । जसका कारण बाटोमै मृत्यु भइरहेको हुन्छ ।’ राईका अनुसार जलेका बिरामीलाई महत्वपूर्ण उपचार भनेकै बढीभन्दा बढी पानी दिनु हो । बिरामीको पिसाब सफा नहुन्जेलसम्म प्रशस्त पानी पिलाउनुपर्छ ।

अस्पताल पुर्‍याउन धेरै बिरामीलाई एम्बुलेन्सको प्रयोग गरिएता पनि पर्याप्त स्वास्थ्य सावधानी भने अपाइएको पाइँदैन । विज्ञहरूका अनुसार गम्भीर जलन भएका बिरामीलाई स्वास्थ्यकर्मीको निगरानीमा प्राथमिक उपचार गर्दै ल्याउनुपर्ने हुन्छ ।

जलन उपचारका लागि सबै अस्पताल काठमाडौंमा छन् । नेपालमा वार्षिक ५५ देखि ६० हजार जलन समस्या हुने अनुमान छ । यीमध्ये सबै अस्पताल पुग्दैनन् ।

‘गम्भीर जलन भएका बिरामीलाई पहिलो २४ घन्टा नसा वा मुखबाट पानी दिनुपर्ने हुन्छ,’ डा. राईले अनलाइनखबरसँग भने, ‘त्यससमयमा बिरामीले प्रशस्त पानी नपाउने हो भने बचाउन सकिँदैन ।’

जलनका बिरामीलाई सुरुको २४ घण्टामा सादा पानी र स्लाइन मार्फत कम्तीमा १०/१५ लिटर पानी दिनुपर्ने हुन्छ । तर जलन भएको लामो समय शरीर सुख्खा रहँदा मुटु, मस्तिष्क तथा अन्य संवेदनशील अंगमा असर गर्छ । डा. राईले अनुभव भन्छन्, ‘विकट ठाउँबाट आउने अधिकांश बिरामी पानीबिनै अस्पताल आइपुगेका हुन्छन् ।

एम्बुलेन्समा स्वास्थ्यकर्मी हुँदैनन् । घरपरिवारका सदस्यलाई पानी खुवाउनुपर्छ भन्ने ज्ञान समेत नहुँदा अधिकांश बिरामीको बाटोमै मृत्यु हुन्छ ।’ बिरामीलाई स्लाइन पानी नदिँदा आगो लगायतका तापयुक्त पदार्थले पोलेको भागबाट शरीरलाई चाहिने तरल पदार्थ नाश हुँदै जान्छ, जसले छालाको बाहिरी तह हुँदै भित्रसम्म सुख्खा हुन पुग्छ र बिरामी जटिल अवस्थामा पुगी मृत्यु नै हुन्छ ।

वीर अस्पतालका वरिष्ठ प्लाष्टिक सर्जन डा. पियूष दाहाल पनि प्राथमिक उपचारमा त्रुटि हुँदा बिरामीको मृत्युदर बढ्दै गएको बताउँछन् ।

काठमाडौं आउनैपर्ने बाध्यता

जलनको उपचार हुने नेपालकै प्रमुख कीर्तिपुर अस्पताल ।

जलनका बिरामीको अब काठमाडौं आउनैपर्ने बाध्यता सरकारले अन्त्य गर्नुपर्ने बताउँछन् डा. दाहाल । ‘उचित समयमा प्राथमिक उपचार पाउनसके जलनका बिरामी बच्ने सम्भावना अधिक हुन्छ’ उनी भन्छन्, ‘छिटो अस्पताल आउने चक्करमा आधारभूत सेवा नै पाइरहेका हुँदैनन् ।’

डा. दाहाल अगाडि थपे, ‘अब स्वास्थ्य सेवा विकेन्द्रीकरण गर्नुपर्छ, काठमाडौं केन्द्रित कुनै पनि नीति बनाउन हुँदैन । जलनका उपचार उपत्यका बाहिरका ठूला तथा प्रादेशिक अस्पताल समेत हुनपर्छ ।’

सुषमा कोइराला मेमोरियल अस्पतालका मेडिकल डाइरेक्टर सन्तोषविक्रम भण्डारीका अनुसार, जलन भएको २४ घन्टाभित्र राम्रो प्राथमिक उपचार हुनुपर्छ । तर, विकट ठाउँबाट बिरामीलाई अस्पताल ल्याउँदा ल्याउँदै दुई–तीन दिन बित्छ । अधिकांश बिरामीको राम्रो प्राथमिक उपचार नपाएरै मृत्युको सम्भावना बढ्ने उनी बताउँछन् ।

‘अस्पताल पनि काठमाडौंमा मात्र भएकाले अधिकांश बिरामी उपचारबाट वञ्चित छन्’ डा. भण्डारी भन्छन्, ‘जलेकामध्ये पनि अस्पताल आइपुग्ने ३–४ प्रतिशतमात्र हुन्, बाँकी बिरामी उपचार नपाएर अपाङ्गता वा दाग लिएर बस्नुपर्ने बाध्यता छ ।’

विकसित देशको तुलनामा नेपालमा जलनका बिरामी मृत्युदर अधिक छ । विकसित देशमा जलन भएकामध्ये ३ प्रतिशतसम्म बिरामीको मृत्यु हुन्छ । तर नेपालमा १५ प्रतिशतको हाराहारीमा मृत्यु हुने गरेको छ ।

ठूलो घाउमा हुने संक्रमण, ढिलो अस्पताल आइपुग्नु, पर्याप्त मात्रामा छाला उपलब्ध नहुनु, बिरामीले प्राथमिक उपचार नै नपाउनु जस्ता कारणले नेपालमा जलनका बिरामीको मृत्यु अन्य देशको तुलनामा बढी रहेको चिकित्सक बताउँछन् ।

‘राजमार्गमा जलन उपचार केन्द्र सञ्चालन गर्नुपर्छ’

विज्ञका अनुसार जलन भएका बिरामीको मृत्युदर कम गर्ने प्रमुख उपाय नै प्राथमिक उपचार सुनिश्चित गर्नु हो । डा. राईका अनुसार राजमार्गका स्वास्थ्य संस्थामा प्राथमिक उपचार केन्द्र बनाउनुपर्छ । उक्त केन्द्रबाट प्राथमिक सेवा दिँदा बिरामीको स्वास्थ्य जटिल हुन पाउँदैन ।

‘हामी सबैको मानसिकता ठूलो अस्पतालमा चाँडै पुर्याउने भन्ने हुन्छ । तर जलनका बिरामीलाई प्राथमिक उपचारसँगै २४ घन्टासम्म पानी दिएर पठाउने हो भने पनि बिरामी स्वास्थ्य जटिल बन्दैन’ डा. राई भन्छन्, ‘तर हामीकहाँ यस्तो प्रचलन छैन ।’

नेपालभरका सबै स्वास्थ्य संस्थामा जलन उपचार केन्द्र सञ्चालन गर्न सम्भव नभएकाले अहिले राजमार्गमा २ घन्टाको दूरीमा केन्द्र बनाउँदै लैजानुपर्ने विज्ञ बताउँछन् । डा. राईका अनुसार जलनको प्राथमिक उपचार राजमार्गमा भएको स्वास्थ्यसंस्था र स्वास्थ्यकर्मीले गर्न सक्छन् । तर त्यसका लागि केही आधारभूत तालिमको आवश्यकता पर्छ ।

कीर्तिपुर अस्पतालले समय समयमा स्वास्थ्यकर्मीलाई तालिमको समेत व्यवस्था गर्दै आएको छ ।

‘स्वास्थ्य संस्थामा जानी नजानी जलनको उपचार भइरहेको हुन्छ । जटिल बिरामी देख्नासाथ प्राथमिक उपचार नगरी काठमाडौं पठाउने प्रचलन छ । यी दुवै कुरा गलत हुँदा जलनका बिरामी मृत्यु भइरहेको छ,’ डा. राई भन्छन् ।

केही गरी जटिल जलन भएको बिरामी काठमाडौंसम्म आइपुगेर तुरुन्तै उपचार गरेको खण्डमा पनि स्वास्थ्य अवस्था नाजुक बन्दै जान्छ ।

४ फागुन २०७६ मा घुर ताप्ने क्रममा जलेर घाइते भएकी पर्साको छिपहरमाई गाउँपालिका-५ भिश्वाकी ५० वर्षीया सायरा खातुनको ११ दिनपछि ज्यान गयो । (फाइल तस्वीर)जलनका बिरामीको अवस्था ५–६ दिनपछि मात्र जटिल बन्दै जान्छ । जलेको अंग समयसँगै पाक्दै जान्छ र विस्तारै संक्रमण सुरु हुन्छ ।

शरीरले पर्याप्त पानी नपाउँदा मुटुले शरीरका अंगमा रगत पठाउन सक्दैन । जसका कारण मिर्गौला, फोक्सो, मष्तिष्क लगायतका अंगले बिस्तारै काम गर्न छोडिसकेको हुन्छ । डा. राईले स्पष्ट पार्दै भने, ‘अप्रेशन गरेर नयाँ लगाएको छाला पनि राम्रोसँग लाग्दैन । छाला निकालिएको ठाउँमा घाउ निको हुँदैन । निमोनिया र अरू अंग फेल भएर मृत्यु हुन्छ ।’

प्राथमिक उपचार गरेपछि स्वास्थ्यकर्मी कै निगरानीमा अर्को अस्पतालमा पुर्‍याउनुपर्ने डा. राई बताउँछन् । ‘एउटा अस्पतालबाट अर्को पुग्दा बिरामीले ज्यान गुमाउने अवस्था बन्न हुँदैन,’ उनी भन्छन् ।

जलनका अधिकांश बिरामी काठमाडौं बाहिरका छन् । तीमध्ये अधिकांश आर्थिक रूपमा विपन्न वर्गका र तराईवासी रहने गरेका छन् ।

समयमै उपचार नपाउँदा धेरै बिरामी अपांग हुन्छन् भने कतिपयको त मृत्यु नै हुने डा. दाहाल बताउँछन् । ‘अशिक्षा र आगो नजिक बढी श्रम गर्नुपर्ने भएकोले जलन गरिबलाई हुने समस्या हो । उनीहरू पैसा नभएकै कारण तुरुन्तै काठमाडौं आउन पनि सक्दैनन्’ उनी भन्छन्, ‘उपचारका लागि खर्च जोहो गर्दागर्दै सानो जलनले पनि ठूलो समस्या निम्त्याइसक्छ ।’

काठमाडौं केन्द्रित अस्पताल, सेवा बिस्तार सुस्त

जलनका उपचारका लागि भएका सबै अस्पताल काठमाडौंमा मात्रै छन् । नेपालमा वार्षिक ५५ देखि ६० हजारसम्म मानिसलाई जलन समस्या हुने अनुमान छ । यीमध्ये सबै अस्पताल पुग्दैनन् ।

हाल कीर्तिपुर, वीर, त्रिवि शिक्षण अस्पताल, सुषमा कोइराला मेमोरियल अस्पतालमा जलनको उपचार हुन्छ ।

विज्ञका अनुसार जलनको काठमाडौंमा हुने उपचार प्रादेशिक अस्पतालमा बिस्ता गर्न आवश्यक छ । सरकारले पछिल्लो समय प्रादेशिक अस्पतालमा जलन उपचार विस्तार गर्न केही रकम समेत पठाइसकेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार सातै प्रादेशिक अस्पतालमा जलनको सेवा सुरू गर्न सरकारले एक–एक करोड पठाइसकेको छ । तर, सेवा सुचारू गर्न आजको भोलि भने सम्भव छैन ।

‘प्लाष्टिक सर्जनको अभावले हामीले जनरल सर्जन र मेडिकल अफिसरलाई तालिम दिएर सेवा सुरू गर्न योजना बनाएका छौं,’ डा. बुढाथोकीले भने ।

नेपालमा प्लाष्टिक सर्जन ३५ जना जति मात्र छन् । प्लाष्टिक सर्जनको सरकारी दरबन्दी एकदमै कम हुँदा अध्ययन गर्न समेत चिकित्सक आकर्षित छैनन् ।

सरकारको आग्रहमा प्लाष्टिक सर्जन डा. राईको नेतृत्वले सबै प्रादेशिक अस्पतालका जनशक्तिलाई तालिम दिन थालिसकिएको छ ।

‘अहिले म सुर्खेत अस्पताल पुगेको छु । प्लाष्टिक सर्जनको अभाव भएकाले जनरल सर्जनलाई नै तालिम दिनुपर्ने अवस्था छ’ डा. राईले भने, ‘प्रादेशिक अस्पतालमा जलनका बिरामीको सामान्य अप्रेशन र हेरचाह गर्नसक्ने जनशक्तिको निर्माण गर्नुपर्छ ।’

डा. राईका अनुसार काठमाडौं केन्द्रित धेरै अस्पतालको आवश्यकता छैन । कीर्तिपुर अस्पताल कै स्तरोनति गर्दै अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्छ । ‘काठमाडौंमा एकदमै जटिल खालका बिरामीको उपचार गर्नुपर्छ । त्यसका लागि अन्तर्राष्ट्रिय स्तरको अस्पतालको खाँचो छ’ डा. राई भन्छन्, ‘अबको १० वर्षभित्र अहिले कीर्तिपुरले दिएको सेवा प्रादेशिक अस्पतालले दिन सक्ने बनाउनुपर्छ ।’

विशेषज्ञ चिकित्सकको अभाव

नेपालमा प्लाष्टिक सर्जन ३५ जना जति मात्र छन् । प्लाष्टिक सर्जनको सरकारी दरबन्दी एकदमै कम हुँदा अध्ययन गर्न समेत चिकित्सक आकर्षित छैनन् ।

वीर अस्पतालमा ६ जना प्लाष्टिक सर्जनको दरबन्दी भए पनि तीन जनाको मात्रै परिपूर्ति भएको छ । नेपालमा प्लाष्टिक सर्जरीतर्फ आकर्षण नै कम छ’ डा. दाहाल भन्छन्, ‘सरकारले अब जनशक्ति उत्पादन र दरबन्दी थप गर्नुपर्नेतर्फ ध्यान दिनुपर्छ ।’

अहिले प्लाष्टिक सर्जन सबै काठमाडौंमा केन्द्रित छन् । प्रदेश स्तरमा जलनको उपचार सुरु गर्दा ठूलो टिमको आवश्यकता पर्छ । सेवा सञ्चालन गर्न आवश्यक जनशक्तिको संख्यालाई ध्यानमा राखेर त्यही अनुसारको दरबन्दी सिर्जना गर्नुपर्ने र उत्पादन बढाउर्ने डा. दाहाल बताउँछन् ।

गाउँघरमा धेरै बालबच्चा चुलोमा जल्छन् । आगोले पोलेपछि के गर्ने भन्ने ज्ञानको अभावमा समस्या झन् जटिल बन्ने गरेको छ ।

जलनको उपचारमा प्लास्टिक सर्जनले मात्रै उपचार गरेर हुँदैन । यसको लागि क्रिटिकल केयरको फिजिसियन, एनेस्थेसिया, फिजियोथेरापी, क्लिनिकल साइकोलोजिस्ट लगायतका जनशक्तिहरू उपलब्ध गराउन सकिने ठाउँमा सोचेअनुसार जलनको सेवा उपलब्ध हुनसक्छ ।

‘प्रादेशिक अस्पतालमा दुई जना मात्रै सर्जन राख्ने हो भने १४ जनाको आवश्यकता पर्छ । सरकारले तत्काल आवश्यक जनशक्तिलाई उत्पादन गर्नुपर्छ’ डा. राई भन्छन्, ‘जनरल सर्जनलाई तालिम दिएर सेवा सञ्चालन गर्नु बाहेक अन्य विकल्प अहिले छैन ।’

कमलपोखरीस्थित शान्दार मःम पसल, यहाँ सिलिण्डर विस्फोट हुँदा चारजनाले ज्यान गुमाए ।

पुनर्जलीय उपचार अति महत्वपूर्ण

नेपालमा जनचेतनाको कमी र असुरक्षित कार्यवातावरणले जलनका घटना बढ्दो क्रममा छ । जलन सम्बन्धी जनचेतना अभिवृद्धि र प्राथमिक उपचारको ज्ञान समुदायस्तरसम्म पुर्‍याउन जरुरी रहेको विज्ञ बताउँछन् ।

गाउँघरमा धेरै बालबच्चा चुलोमा जल्छन् । आगोले पोलेपछि के गर्ने भन्ने ज्ञानको अभावमा समस्या झन् जटिल बन्ने गरेको छ । उनका अनुसार आगोले पोलेको भागलाई सबभन्दा पहिले चिसो पानीले आधा घण्टासम्म विस्तारै पखाल्नुपर्छ । यसो गर्दा तातोपना छालाभित्र गड्न र घाउ गहिरो हुन पाउँदैन । पोल्नेबित्तिकै यो विधि अपनाउनपर्छ ।

त्योसँगै जीवनजल खुवाउन र आधारभूत स्वास्थ्य संस्थामा पनि प्राथमिक उपचारका साथ स्लाइनपानी चढाउनपर्छ । जलेका बिरामीको तौल र घाउको आधारमा पहिलो २४ घण्टाभित्र दिइने सलाइन वा जीवनजलको पुनर्जलीय उपचार अति महत्वपूर्ण हुन्छ । यसले बिरामीको जटिलता र मृत्युलाई रोक्न सघाउँछ ।

 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 https://eragenset.com/
kingmedan303 rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77
rajalangit77 rajalangit77 zeonslot zeonslot bendera62 m77 sultantoto andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM