२०८२ असार २८ गते, शनिबार २२:१२

छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्युको विरोधमा वीरगञ्जमा श्रद्धाञ्जली सभा

– शम्भु घिमिरे
क्राइमचेक साप्ताहिक
फागुन ७, वीरगञ्ज – मित्रराष्ट्र भारतमा अध्ययनरत बुटवल निवासी छात्रा प्रकृति लम्सालको कलेजको छात्रावासमा रहस्यमय मृत्यु भएको घटनाप्रति विरोध जनाउँदै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, पर्साले वीरगञ्जको घण्टाघरमा श्रद्धाञ्जली सभा तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ।
विद्यार्थी नेता दिपेश कुमार साहको नेतृत्वमा सम्पन्न कार्यक्रममा **राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)**का केन्द्रीय सदस्य अंगद ठाकुर, पार्टीका नेता किरणमान ढुंगेल, जलेश्वर सर्राफ, छठु साह, चिन्टु तिवारी, अनिल कुशवाहा, क्षेत्र नं. १ का क्षेत्रीय अध्यक्ष अर्जुनसिंह ठकुरी, विश्व हिन्दू महासंघका केन्द्रीय सदस्य पृथ्वी झा, राष्ट्रवादी नेता विरेन्द्र साह लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण राप्रपा पर्साका जिल्ला प्रवक्ता शम्भु घिमिरेले गरेका थिए।
कार्यक्रममा वक्ताहरूले नेपालको युवा पुस्ताका विद्यार्थी विदेशमा अध्ययन गर्ने क्रममा मृत्यु हुँदासमेत नेपाल सरकार मौन बसेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरे। उनीहरूले सरकारलाई तत्काल भारत सरकारसँग समन्वय गरी घटनाको निष्पक्ष छानबिन गर्न र दोषीलाई कारबाही सुनिश्चित गर्न माग गरे। विद्यार्थी, युवा तथा राष्ट्रवादी संगठनहरूले छात्रा लम्सालको मृत्युलाई गम्भीर रूपमा लिएर न्यायको लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता जनाए।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM