– शम्भु घिमिरे
फागुन ७, बिरगंज – राष्ट्रवादी देशभक्त संयुक्त मोर्चाले सोमबार बिरगंजमा श्री ५ बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाहको ७५ औं जन्मोत्सव मनाएको छ।
कार्यक्रमको क्रममा घण्टाघरबाट निस्किएको जुलुसले “नेता चोर देश छोड”, “राजसंस्था कायम गर”, “हिन्दू राष्ट्र कायम गर”, “संघीयता खारेज गर”, “गणतन्त्र मुर्दाबाद” जस्ता नारा लगाउँदै माइस्थान, अलखियामठ, आदर्शनगर, गीतामन्दिर हुँदै पुनः घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो।
कोणसभामा वक्ताहरूले देशलाई बर्बादीबाट जोगाउन राजसंस्था पुनःस्थापना अपरिहार्य रहेको र संघीयता खारेज गर्दै हिन्दू राष्ट्र पुनःस्थापनाको आवश्यकता रहेकोमा जोड दिए।
सभामा नेपाल राष्ट्रवाद संघका केन्द्रीय अध्यक्ष जनक साह, नेपाल विद्वत् परिषद्का रामनारायण साह, राष्ट्रवादी नागरिक समाजका परमेश्वर साह, बैजु कलवार, विश्व हिन्दू महासंघका केन्द्रीय सदस्य पृथ्वी झा, राष्ट्रिय नागरिक संघर्ष समितिका अब्दुल सतार अन्सारी, देशभक्त राजभक्तका दीपेन्द्र रौनियार, राष्ट्रवादी नेतृ अनु राणा, राप्रपा पर्साका उपाध्यक्ष तथा मधेस प्रदेश सदस्य शान्ति खड्का, क्षेत्र नं. १ का अध्यक्ष अर्जुनसिंह ठकुरी, जिल्ला प्रवक्ता शम्भु घिमिरे, राजेश चौहानलगायतको उपस्थिति रहेको थियो।
वक्ताहरूले गणतन्त्रको व्यवस्था असफल भइसकेको दाबी गर्दै मुलुकलाई स्थायित्व दिन राजसंस्थाको पुनःस्थापना आवश्यक रहेको तर्क गरेका थिए।