२०८३ बैशाख २ गते, बुधबार ०९:३३

२७ वर्षअघि सुरू भएको च्याम्पियन्स ट्रफीको यस्तो छ इतिहास

अहिले नेपालसँगै विभिन्न प्रतियोगितामा सँगै प्रतिस्पर्धा गरिरहेका अमेरिका र नेदरल्याण्ड्स पनि कुनैबेला च्याम्पियन्स ट्रफीमा खेलेका थिए । तर दुवैका लागि त्यस सहभागिता सुखद भने रहन सकेन ।

७ फागुन, काठमाडौं । पाकिस्तानमा बुधबारदेखि नवौं संस्करणको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट सुरू हुँदै छ । आईसीसीको ‘मिनी विश्‍वकप’ पनि भनिने यस प्रतियोगितामा आठ टोलीहरू सहभागी छन् ।

दुई समूहमा विभाजित आठ टोलीहरूमा आयोजक पाकिस्तानसहित भारत, अस्ट्रेलिया, न्युजिल्याण्ड, दक्षिण अफ्रिका, इंग्ल्याण्ड, बंगलादेश र अफगानिस्तान छन् । पाकिस्तान साविक विजेता समेत हो ।

समूह ए मा भारत, पाकिस्तान, न्युजिल्याण्ड र बंगलादेश रहेका छन् भने समूह बी मा अस्ट्रेलिया, दक्षिण अफ्रिका, इंग्ल्याण्ड र अफगानिस्तान रहेका छन् । हरेक समूहबाट सिंगल राउण्ड रोबिनका खेलपछि शीर्ष दुई टोलीहरू सेमिफाइनलमा प्रवेश गर्ने छन् ।

सन् १९९८ देखि नकआउट ट्रफीको नामले सुरू भएर २००२ देखि च्याम्पियन्स ट्रफी नाम दिइएको प्रतियोगिताको उपाधि सर्वाधिक जित्ने टोली भारत र अस्ट्रेलिया हुन् । भारतले सन् २००२ मा श्रीलंकासँग संयुक्त रूपमा उपाधि बाँडेको थियो भने सन् २०१३ मा पनि उपाधि जितेको थियो ।

त्यस्तै अस्ट्रेलियाले सन् २००६ र सन् २००९ मा लगातार उपाधि जितेको थियो । त्यसयता भएका दुई संस्करणमा भने अस्ट्रेलियाले राम्रो प्रदर्शन गर्न सकेको छैन । पछिल्लो संस्करणमा वर्षाका कारण पनि अस्ट्रेलिया अभागी सावित भएको थियो ।

यस प्रतियोगितामा केन्या, अमेरिका, जिम्बाबे र नेदरल्याण्ड्सजस्ता टोलीले पनि खेलिसकेका छन् । सुरूवातमा आईसीसीका पूर्ण सदस्य तथा शीर्ष एसोसियटका टोलीले पनि खेल्ने विविध प्रावधानहरू थिए ।

पछिल्लोपटक सन् २०१७ मा भएको च्याम्पियन्स ट्रफी क्रिकेट फाइनलमा भारतलाई हराउँदै पाकिस्तान पहिलोपटक च्याम्पियन बनेको थियो । हालसम्म च्याम्पियन्स ट्रफी जितेकम टोलीहरूको इतिहासबारे आज चर्चा गर्नेछौं ।

सन् १९९८ (उपाधि : दक्षिण अफ्रिका)

च्याम्पियन्स ट्रफी क्रिकेटको सुरूवात सन् १९९८ मा भएको थियो । त्यसबेला यसलाई आईसीसी नकआउट ट्रफी नाम दिइएको थियो । यस प्रतियोगिता गराउनुको उद्देश्य टेस्ट मान्यता नभएका देशहरूमा क्रिकेटको विकासका लागि रकम जुटाउनु थियो ।

यस संस्करणमा आयोजक बंगलादेशसँगै इंग्ल्याण्ड, भारत, अस्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, न्युजिल्याण्ड, जिम्बाबे र पाकिस्तान सहभागी थिए ।

बंगलादेशमा भएको पहिलो संस्करणको उपाधि दक्षिण अफ्रिकाले जितेको थियो । फाइनलमा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिकाले उपाधि जितेको थियो ।

दक्षिण अफ्रिकाले हालसम्म जितेको आईसीसीको मुख्य प्रतियोगिताको उपाधि यही नै हो । त्यसयता राम्रो प्रदर्शनका बाबजुद दक्षिण अफ्रिकाले आईसीसीका प्रतियोगिता जित्न सकेको छैन ।

यस संस्करणमा वेस्ट इन्डिका फिलो वालेसले सर्वाधिक रन बनाउँदा दक्षिण अफ्रिकाका ज्याक कालिसले सर्वाधिक विकेट लिएका थिए ।

सन् २००० (उपाधि : न्युजिल्याण्ड)

सन् २००० को आईसीसी नकआउट ट्रफी केन्यामा भएको थियो । यस प्रतियोगितामा शीर्ष एसोसियट राष्ट्र बंगलादेश सँगै आयोजक केन्यासहित सबै टेस्ट राष्ट्र सहभागी थिए ।

आयोजक केन्यासँगै इंग्ल्याण्ड, भारत, अस्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, न्युजिल्याण्ड, बंगलादेश, जिम्बाबे र पाकिस्तान सहभागी थिए ।

यस संस्करणको उपाधि फाइनलमा भारतलाई हराएर न्युजिल्याण्डले जितेको थियो । न्युजिल्याण्डले यस प्रतियोगिता जित्दै पहिलोपटक आईसीसी प्रतियोगिताको उपाधि जितेको थियो ।

प्रतियोगितामा भारतका सौरभ गांगुलीले सर्वाधिक रन बनाउँदा भारतकै वेनकटेश प्रसादले सर्वाधिक विकेट लिएका थिए ।

सन् २००२ (उपाधि : भारत र श्रीलंका)

सन् २००२ देखि आईसीसी नकआउट ट्रफीको नाम परिवर्तन गरी आईसीसी च्याम्पियन्स ट्रफी राखियो । भारतमा आयोजना हुने तय भएपनि कर छुटको विवादले यसलाई श्रीलंका सारिएको थियो ।

यस संस्करणमा आईसीसीका सबै पूर्ण सदस्य राष्ट्रहरूले सहभागिता जनाएकले यसलाई नयाँ दृष्टिकोणले हेरिएको थियो । १० टेस्ट राष्ट्रसँगै एकदिवसीय मान्यता पाएको केन्या र २००१ आईसीसी ट्रफीको विजेता नेदरल्याण्ड्स गरी १२ टोली सहभागी थिए ।

यस संस्करण अर्को कारणले पनि चर्चामा थियो किनभने फाइनल खेलको नतिजा सम्भव नहुँदा दुई फाइनालिस्ट भारत र श्रीलंका संयुक्त रूपमा विजेता घोषित भएका थिए ।

फाइनल खेलमा वर्षा बाधक बनेपछि रिजर्भ डे मा सारिएको थियो जहाँ फेरि सुरूबाट नयाँ खेल खेलाइएको थियो । रिजर्भ डे मा पनि वर्षा बाधक बनेपछि नतिजा आउन नसक्दा दुवै टोलीलाई संयुक्त विजेता घोषित गरिएको थियो ।

यस संस्करणमा भारतका विरेन्द्र सेहवागले सर्वाधिक रन बनाउँदा श्रीलंकाका मुतिहा मुरलिधरनले सर्वाधिक विकेट लिएका थिए ।

सन् २००४ (उपाधि : वेस्ट इन्डिज)

यस संस्करणको आईसीसी च्याम्पियन्स ट्रफी इंग्ल्याण्डमा आयोजना भएको थियो । यस संस्करणमा पनि १२ टोलीको सहभागिता थियो जसमध्ये ११ वटा टोली सन् २००२ कै सरह रहँदा अमेरिकाले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्दै सहभागिता जनाएको थियो ।

अमेरिकाको च्याम्पियन्स ट्रफी सहभागिता भने सुखद रहेन । अस्ट्रेलिया र न्युजिल्याण्डसँग फराकिलो हार व्यहोर्दै अमेरिका समूह चरणबाटै बाहिरिएको थियो । त्यसयता अमेरिकाले आईसीसीको टी-२० बाहेक मुख्य प्रतियोगिता खेलेको छैन ।

इंग्ल्याण्डको चर्चित लन्डन ओभलमा भएको यस संस्करणको फाइनल खेलमा वेस्ट इन्डिजले पाकिस्तानलाई हराउँदै पहिलोपटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो ।

यस संस्करणमा इंग्ल्याण्डका मार्कस ट्रेस्कोथिकले सर्वाधिक रन तथा इंग्ल्याण्डकै एन्ड्रयु फिल्नटफले सर्वाधिक विकेट लिएका थिए ।

सन् २००६ (उपाधि : अस्ट्रेलिया)

यस संस्करणको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट भारतमा आयोजना भएको थियो । सन् २००२ मा कर छुट विवादका कारण भारतमा हुन नपाएको प्रतियोगिता यसपटक भने भारत सरकारसँगको समझदारीमा आयोजना भएको थियो ।

प्रतियोगितामा आईसीसीका १० पूर्ण सदस्यहरूले सहभागिता जनाएका थिए जसलाई ओडिआई च्याम्पियनसिपका आधारमा सिडिङ गरिएको थियो ।

भारतको मुम्बईस्थित ब्राबोर्न स्टेडियममा भएको फाइनलमा वेस्ट इन्डिजलाई हराउँदै अस्ट्रेलियाले उपाधि जितेको थियो । समूह चरणमा अस्ट्रेलियालाई हराएको वेस्ट इन्डिजको प्रदर्शन फाइनलमा भने फितलो रह्‍यो ।

प्रतियोगिताको सर्वाधिक रन बनाउने र विकेट लिने खेलाडी दुवै वेस्ट इन्डिजका थिए । क्रिस गेलले सर्वाधिक रन बनाउँदा जेरोम टेलरले सर्वाधिक विकेट लिए ।

सन् २००९ (उपाधि : अस्ट्रेलिया)

दक्षिण अफ्रिकामा भएको यस संस्करणमा ८ टोलीको सहभागिता थियो । पाकिस्तानमा हुने तय भएपनि सुरक्षा कारणले प्रतियोगिता दक्षिण अफ्रिकामा सारिएको थियो ।

आयोजक दक्षिण अफ्रिका स्वत: छनोट हुँदा आईसीसी ओडिआई च्याम्पियनसिपको वरियता अनुसार शीर्ष सात टिम गरेर ८ टिमले प्रतियोगिता खेलेका थिए ।

साविक विजेता अस्ट्रेलियासँगै भारत, पाकिस्तान, न्युजिल्याण्ड, दक्षिण अफ्रिका, श्रीलंका, इंग्ल्याण्ड र वेस्ट इन्डिजले प्रतिस्पर्धा गरे ।

लगातार दोस्रोपटक उपाधि जित्ने क्रममा अस्ट्रेलियाले फाइनलमा न्युजिल्याण्डलाई हरायो । प्रतियोगिताभर अपराजित रहँदै अस्ट्रेलियाले उपाधि जितेको थियो ।

यस संस्करणमा अस्ट्रेलियाका रिकी पोन्टिङले सर्वाधिक रन बनाउँदा दक्षिण अफ्रिकाका वायन पार्नेलले सर्वाधिक विकेट लिए ।

सन् २०१३ (उपाधि : भारत)

इंग्ल्याण्ड र वेल्समा संयुक्त रूपमा भएको यस संस्करणमा पनि ८ टिम सहभागी थिए । आयोजकका रूपमा इंग्ल्याण्डले सिधै खेल्दा अस्ट्रेलियासँगै भारत, पाकिस्तान, न्युजिल्याण्ड, दक्षिण अफ्रिका, श्रीलंका र वेस्ट इन्डिज सहभागी थिए ।

प्रतियोगिताको फाइनलमा आयोजक इंग्ल्याण्डलाई हराउँदै भारतले एकल रूपमा च्याम्पियन्स ट्रफीको उपाधि पहिलोपटक जित्यो भने समग्रमा दोस्रो उपाधि जित्यो । सन् २००२ मा भारतले श्रीलंकासँग उपाधि बाँडेको थियो ।

साविक विजेता अस्ट्रेलियाको प्रदर्शन भने फितलो रह्‍यो । एक खेल नतिजाविहीन बन्दा दुई खेल अस्ट्रेलियाले हारेको थियो । सन् २००९ फाइनलमा जितेपछि अस्ट्रेलियाले हालसम्म च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जित्न बाँकी छ ।

यस प्रतियोगितामा भारतका शिखर धवनले सर्वाधिक रन बनाउँदा रविन्द्र जडेजाले सर्वाधिक विकेट लिएका थिए ।

सन् २०१७ (उपाधि : पाकिस्तान)

यसपटक पनि इंग्ल्याण्ड र वेल्समै आयोजित च्याम्पियन्स ट्रफीमा ८ टिमको सहभागिता रह्यो । आईसीसी ओडिआई च्याम्पियनसिपका आधारमा शीर्ष ८ टिम खेल्दा वेस्ट इन्डिज छनोट हुन सकेन भने बंगलादेश सन् २००६ पछि पहिलोपटक च्याम्पियन्स ट्रफीमा फर्कियो ।

यस संस्करणको फाइनलमा पाकिस्तानले भारतमाथि शानदार जित निकाल्दै पहिलोपटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो । समूह चरणमा हराएपनि भारतले फाइनलमा भने हराउन सकेन ।

यस संस्करणमा पुन: शिखर धवन नै सर्वाधिक रन बनाउने खेलाडी बन्दा पाकिसतानका हसन अलीले सर्वाधिक विकेट लिए ।

सन् २०१७ को च्याम्पियन्स ट्रफीपछि प्रतियोगिता खारेज हुने बताएपनि आईसीसीले सन् २०२१ मा पुन: यो प्रतियोगिता सन् २०२५ मा पाकिस्तानमा हुने घोषणा गरेको थियो ।

***

आठ वर्षपछि हुन लागेको आईसीसीको यस ‘मिनी विश्‍वकप’मा एक खेलमा मात्र भोगेको पराजयले पनि प्रतियोगिताबाट बाहिरको बाटो देखाउन सक्छ । त्यसकारण यस नकआउट खेल ‘वान मिस, गेम फिनिस’ को रूपमा रहनेछ ।

बुधबार उद्घाटन खेलमा साविक विजेता पाकिस्तान र न्युजिल्याण्ड खेल्दै छन् । यस खेलको विजेता सेमिफाइनल पुग्ने सम्भावनामा बलियो रहनेछ । यसै समूहमा भारत र बंगलादेश पनि छन् ।

भारत र अस्ट्रेलिया प्रतियोगिताको उपाधि जित्दै सर्वाधिक विजेताको रेकर्ड बनाउन चाहने छन् भने इंग्ल्याण्ड, अफगानिस्तान र बंगलादेश पहिलो उपाधिको खोजीमा हुनेछन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178
rajamania slot gacor sritoto rajamania slot88 beb88 raintoto relic88 koi77 sritoto sritoto sritoto sritoto sritoto sritoto sritoto
slot gacor m77 zeonslot bendera62 bendera62 bendera62 andara88 andara88 slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM