२०८२ श्रावण ४ गते, आईतवार ०२:१०

के वान युथ लिग खेल्न एरिका यूएई प्रस्थान

६ फागुन, काठमाडौं । एसियाली खेलकुदकी ऐतिहासिक रजत पदक विजेता करातेकी एरिका गुरुङ के वान युथ लिग खेल्न मंगलबार यूएई प्रस्थान गरेकी छन् ।

दुबईमा हुने लिगमा एरिकाले महिला ६८ केजीमाथि तौलसमूहमा खेल्ने छिन् । उनले यू-२१ कुमितेमा प्रतिस्पर्धा गर्ने छिन् जहाँ १४ देशका १८ खेलाडी सहभागी रहने छन् ।

एरिकासहित ३ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

एरिकाको प्रशिक्षकमा अमिर राना तथा अफिसियलमा सविना श्रेष्ठ रहेका छन् ।

फेब्रुअरी २० देखि २३ तारिखसम्म हुने प्रतियोगितामा ८७ राष्ट्रका २ हजार ३ सय ८२ खेलाडीको सहभागिता रहने बताइएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM