२०८२ माघ ४ गते, आईतवार २०:३७

“निराधार आरोपले मुलुकको प्रगति अवरुद्ध हुन्छ: उर्जामन्त्री खड्का”

काठमाडौं, ६ फागुन – उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले सरकारबाट बाहिरिनेबित्तिकै निराधार आरोप लगाउने प्रवृत्तिले मुलुकलाई गलत दिशामा लैजाने चेतावनी दिनुभएको छ।

प्रतिनिधिसभाको गत माघ २४ गतेको बैठकमा पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उर्जा मन्त्रालयसँग सम्बन्धित विषयमा प्रश्न उठाएपछि मन्त्री खड्काले संसद्मा त्यसको खण्डन गर्नुभएको हो। उहाँले सञ्चारमाध्यमहरूमा आएका समाचारका आधारमा धारणा बनाउँदा मुलुकमा नकारात्मक प्रभाव पर्ने बताउनुभयो।

निराधार आरोपले संसदको गरिमा खस्कने

मन्त्री खड्काले संसद्को रोष्टमबाट गरिने अभिव्यक्तिहरू जिम्मेवार हुनुपर्ने भन्दै तथ्यबिना गम्भीर आरोप लगाउनु अनुचित भएको बताउनुभयो। “पूर्वप्रधानमन्त्रीज्यूले उर्जा मन्त्रालयसँग जोडेर जगदुल्ला आयोजनाको विषय उठाउनुभयो, तर यसको ठेक्का प्रक्रिया त म मन्त्री हुनुअघि नै सुरु भइसकेको थियो। म मन्त्रालयमा पुगेपछि प्रक्रिया पुनरावलोकन गरी ठेक्का रद्द गरियो। तर, प्रक्रियागत त्रुटि देखाउँदै पुनः रद्द गरिनुमा मेरो कुनै भूमिका छैन,” उहाँले स्पष्ट पार्नुभयो।

उहाँले थप्नुभयो, “मन्त्रालय आठ वर्षदेखि माओवादी नेताहरूले सञ्चालन गर्दै आएका थिए। त्यस अवधिमा के-कस्ता निर्णय भए, ती पनि समीक्षा गर्नुपर्ने हुन्छ। तथ्य प्रमाणित भएमा म कुनै पदमा नरहने मात्र होइन, तपाईंहरूको पछाडि झोला बोकेर हिँड्न तयार छु।”

विद्युत् प्राधिकरणको विषयमा स्पष्ट धारणा

नेपाल विद्युत् प्राधिकरणका वर्तमान प्रमुखको विषयमा बोल्दै मन्त्री खड्काले लोडसेडिङ अन्त्यका लागि ४०० मेगावाट विद्युत् भारतबाट ल्याइएको कुरा स्मरण गराउनुभयो। “लोडसेडिङ अन्त्य भएको भन्दै एउटै व्यक्तिलाई मात्र जस दिनु न्यायोचित हुँदैन। प्रसारण लाइन निर्माणजस्ता पूर्वाधार विकासका विषय पनि महत्त्वपूर्ण थिए। राम्रो काम भएको भए त्यसको मूल्यांकन हुनुपर्छ, तर सरकारले लिएको नीतिगत निर्णयलाई बेवास्ता गर्दै सरकारकै विरोध गर्ने छुट कसैलाई छैन,” उहाँले भन्नुभयो।

डेडिकेटेड र टंक लाइन विवाद समाधानमा सरकार गम्भीर

डेडिकेटेड र टंक लाइनबारे उठेका प्रश्नमा मन्त्री खड्काले विगतका सरकारहरूले समाधान नगरेको विषयलाई अहिलेको सरकारले टुंग्याउने पहल गरिरहेको जानकारी दिनुभयो। “२२ अर्बको कुरा उठ्छ, तर आठ-आठ वर्ष सरकारमा रहँदा किन समाधान नगरेको? अहिले निष्पक्ष समिति गठन गरेर छानबिन अघि बढाइएको छ, तर समितिलाई अवैध भन्नु कति उचित?” उहाँले प्रश्न गर्नुभयो।

सत्यतथ्य बिना आरोप नगरौँ

मन्त्री खड्काले आधारहीन आरोपहरूले संसद्को गरिमा घट्ने उल्लेख गर्दै प्रमाणसहित कुनै कुरा उठाइएमा आफू कानुनी कारबाही भोग्न तयार रहेको बताउनुभयो। “सत्यतथ्य प्रमाणित गर्न सक्नेहरू अगाडि आउनुस्, हामी कारबाही भोग्न तयार छौँ। तर, पत्रपत्रिकामा आएका समाचारको भरमा गरिने निराधार टिप्पणीहरू स्विकार्य हुँदैनन्,” उहाँले स्पष्ट पार्नुभयो।

उर्जा क्षेत्रबाट राष्ट्र निर्माणको अवसर

मन्त्री खड्काले उर्जा क्षेत्रको समुचित विकासले राष्ट्रको आर्थिक अवस्था रूपान्तरण गर्न सक्ने बताउँदै सबैलाई सकारात्मक भूमिका खेल्न आग्रह गर्नुभयो। “यदि सही ढंगले उर्जा स्रोतको उपयोग गर्न सकियो भने हामी स्वदेशमै लाखौँलाई रोजगारी दिन सक्छौँ। नकारात्मक प्रचारको सट्टा समाधानमुखी सोच राखौँ,” उहाँले आग्रह गर्नुभयो।

सरकारले उर्जा क्षेत्रमा पारदर्शिता र सुशासन कायम गर्न प्रतिवद्ध रहेको भन्दै मन्त्री खड्काले संसद्मा आएका विषयहरूमा गम्भीर छलफल गर्न आग्रह गर्नुभयो। “समस्या समाधानका लागि छलफल गरौँ, निराधार आरोप लगाएर मुलुकको विकास अवरुद्ध गर्ने काम नगरौँ,” उहाँले निष्कर्ष दिनुभयो।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM