२०८३ बैशाख २ गते, बुधबार ०९:५६

मधेस प्रदेशभरि गौर प्रादेशिक अस्पताल उत्कृष्ट, MSS स्कोरिङमा प्रथम स्थान हासिल

राधेश्याम साह/

गौर, रौतहट | मधेस प्रदेशभरि गौर प्रादेशिक अस्पताल MSS स्कोरिङ कार्यक्रममार्फत उत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ। प्रदेशभरका अस्पतालहरूबीच प्रतिस्पर्धा गर्दै गौर प्रादेशिक अस्पतालले ८९% अंक प्राप्त गरी पहिलो स्थान हात पारेको हो।

छ महिनाअघि सम्पन्न MSS स्कोरिङमा गौर प्रादेशिक अस्पतालले दोस्रो स्थान हासिल गरेको थियो। तर, अस्पताल प्रशासन, चिकित्सक र सम्पूर्ण स्वास्थ्यकर्मीहरूको निरन्तर मेहनतले यस पटक प्रदेशकै पहिलो स्थान प्राप्त गर्न सफल भएको छ।

रेफर अस्पतालको छवि हटाउँदै उत्कृष्टतामा यात्रा

MSS स्कोरिङ कार्यक्रममा प्रादेशिक अस्पताल गौरका अध्यक्ष मो. अनवर हाशमीले विगतमा गौर अस्पताललाई “रेफर अस्पताल” भनेर चिनिँदै आएको उल्लेख गर्दै हाल यहाँ उल्लेखनीय सुधार भएको बताए।

“पहिले गौरको प्रादेशिक अस्पताल मधेस प्रदेशमै आठौँ स्थानमा थियो। तर, अढाई वर्षको निरन्तर प्रयास, अस्पताल व्यवस्थापनको दृढ संकल्प र मेडिकल सुपरिटेन्डेन्ट डा. मुरारी ठाकुरको विशेष पहलका कारण आज गौर अस्पताल मधेस प्रदेशकै पहिलो स्थानमा पुग्न सफल भएको छ,” अध्यक्ष हाशमीले बताए।

कार्यक्रममा उल्लेखनीय उपस्थिति

MSS स्कोरिङ कार्यक्रम २०८१ फाल्गुण ५ गते गौरमा सम्पन्न भएको थियो। कार्यक्रममा जिल्ला प्रशासन कार्यालय रौतहटका अधिकृत मनिष झा, स्वास्थ्य कार्यालय रौतहटका प्रमुख राजेश कुमार सिंह, मधेस प्रदेश MSS स्कोरिङ टिमका कर्मचारीहरू, अस्पतालका व्यवस्थापक तथा स्वास्थ्यकर्मीहरू, पत्रकार लगायतको उपस्थिति थियो।

प्रादेशिक अस्पताल गौरका सदस्य ललन यादव, मेडिकल सुपरिटेन्डेन्ट डा. मुरारी ठाकुर, लेखापाल जितेन्द्र यादव लगायत सम्पूर्ण टिमको समर्पणकै कारण गौर अस्पतालले मधेस प्रदेशभर नाम कमाउन सफल भएको हो।

गौर अस्पतालको उपलब्धि ऐतिहासिक

गौर अस्पतालले हासिल गरेको ८९% MSS स्कोरिङले स्वास्थ्य सेवा सुधारमा गरिएका पहलहरूको सफलता दर्शाउँछ। यो उपलब्धि अस्पताल मात्र नभई सम्पूर्ण रौतहट जिल्ला र मधेस प्रदेशकै लागि महत्वपूर्ण रहेको स्वास्थ्य विज्ञहरू बताउँछन्।

MSS स्कोरिङमार्फत प्राप्त यो सफलता गौर अस्पतालका लागि एउटा ऐतिहासिक उपलब्धि मानिएको छ। अब अस्पताल व्यवस्थापनले अझ गुणस्तरीय सेवा प्रवाह गर्दै देशकै उत्कृष्ट स्वास्थ्य संस्थाहरूमा आफ्नो पहिचान बनाउने लक्ष्य लिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178
rajamania slot gacor sritoto rajamania slot88 beb88 raintoto relic88 koi77 sritoto sritoto sritoto sritoto sritoto sritoto sritoto
slot gacor m77 zeonslot bendera62 bendera62 bendera62 andara88 andara88 slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM