२०८३ असार ७ गते, आईतवार ०८:२८

डिएभीलाई टी-२० क्रिकेटको उपाधि

५ फागुन, काठमाडौं । डिएभी सुशील केडिया विश्व भारतीय स्कुलले १६औं सीओएएस अन्तर विद्यालय रनिङ टि-२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधि जितेको छ।

सोमबार भक्तपुरस्थित सैनिक आवासीय महाविद्यालयमा सम्पन्न फाइनलमा डिएभी स्कुलले नेपाल पुलिस स्कुललाई ६० रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधि पहिलोपटक आफ्नो पक्षमा पारेको हो।

डिएभीले दिएको १५२ रनको लक्ष्य पछ्याएको नेपाल पुलिस स्कुलले १७.५ ओभरमा ९१ रनमा सबै विकेट गुमायो। उसको लागि सुनिल ठाकुरले सर्वाधिक २० रन बनाए।

डिएभीको बलिंगमा प्लेयर अफ द म्याच समेत घोषित शशांक झाले २० रन खर्चेर सर्वाधिक ४ विकेट लिए। यस्तै प्रसिद्ध जैसीले २ तथा तनिश कुमार शाहले १ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको डिएभी स्कुलले निर्धारित २० ओभरमा ६ विकेट क्षतिमा १५१ रन बनाएको थियो। उसको लागि फरहान अन्सारीले सर्वाधिक ३३ रन बनाए भने कमल शाहीले ३२ तथा विकेश कुमार जैसवालले २२ रन योगदान दिए।

उपाधिसहित डिएभीले एक लाख रुपैयाँ हात पार्यो। उपविजेता नेपाल पुलिस स्कुलले ५० हजार रुपैयाँ हात पार्‍यो। प्रतियोगिताकै उत्कृस्ट खेलाडी डिएभीका प्रसिद्ध जैसी घोषित भए।

सैनिक आवासीय महाविद्यालयले आयोजना गरेको प्रतियोगिता दश दिन सम्म चलेको थियो। प्रतियोगितामा उपत्यकाका कुल १२ वटा टिम सहभागी रहेका थिए।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM