२०८३ बैशाख ३१ गते, बिहीबार १७:४०

अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपाल च्याप्टर गठन, बोर्ड अफ डाइरेक्टरमा सन्तोष मिश्र चयन

काठमाडौं। अन्तर्राष्ट्रिय पत्रकार महासंघ (International Federation of Journalists) को नेपाल च्याप्टर गठन गरिएको छ।

सोमबार काठमाडौँमा गठित अन्तर्राष्ट्रिय पत्रकार महासंघका अध्यक्ष रामप्रसाद खनाल, केन्द्रीय उपाध्यक्षहरू र बोर्ड अफ डाइरेक्टरहरूको विशेष उपस्थितिमा आयोजित भेलाले नेपाल च्याप्टर गठन गरेको हो।

भेलामा बोल्दै अध्यक्ष खनालले पत्रकारितालाई राजनीति भन्दा बाहिर राख्दै स्वतन्त्र पत्रकारहरूको नेटवर्क निर्माण गर्ने उद्देश्यले महासंघ स्थापना गरिएको बताए। उनले नेपाल च्याप्टरलाई महासंघको पहिलो औपचारिक अन्तर्राष्ट्रिय च्याप्टरको रूपमा घोषणा गरेका छन्।

नेपाल च्याप्टरको अध्यक्षमा कृष्णा पौडेल चयन भएका छन् भने उपाध्यक्षमा रुपा घिमिरे, वैकुण्ठ भण्डारी र शिव दाहाल छन्। सचिवमा सोविता रिसाल तथा कोषाध्यक्षमा पवन पौडेल चयन भएका छन्।

 

बोर्ड अफ डाइरेक्टरमा प्रतिष्ठित पत्रकारहरू समेटिएका छन्, जसमा चन्द्रसूर्य वाणी दैनिक पत्रिकाका सम्पादक सन्तोष मिश्र पनि चयन भएका छन्। मिश्र चन्द्रसूर्यवाणी डटकम (chandrasuryawani.com) अनलाइन संस्करण र क्राइम चेक साप्ताहिकका सम्पादक समेत हुन्।

अन्य बोर्ड अफ डाइरेक्टरहरूमा शोभा अर्याल, आलोक तिवारी, राज ढुंगाना, विनोद घिमिरे, गोमा परियार, लक्ष्मी दाहाल, शिरोमणि दवाडी, विमल योगी, हुमनाथ पौडेल, टंककला तिमिल्सिना, राजीव भट्टराई र यूवगाह मगर रहेका छन्।

महासंघको सल्लाहकारहरूमा टंक पन्त, जीवनराम भण्डारी, केदार कोइराला, अखण्ड भण्डारी, कमला विश्वकर्मा, युवराज विद्रोही, डा. राजेश अहिराज चयन भएका छन् भने कानुनी सल्लाहकारमा गणेश घिमिरे ‘सुजन’ छन्।

नेपाल च्याप्टर गठनसँगै महासंघले देशभर स्वतन्त्र पत्रकारितालाई प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM