२०८३ बैशाख ३१ गते, बिहीबार १८:२९

काठमाडौंमा अनलाइन जुवा र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न २३ जना भारतीय पक्राउ

काठमाडौं/ प्रहरीले अनलाइन जुवा तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा २३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। आइतबार बूढानीलकण्ठस्थित एक घरमा विशेष अनुसन्धानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी परिसर, काठमाडौंले मंगलबार पत्रकार सम्मेलनमार्फत पक्राउ परेका व्यक्तिहरूलाई सार्वजनिक गरेको छ। परिसरका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार, पक्राउ परेका व्यक्तिहरूले भाडामा लिएको घरबाट अनलाइन जुवा सञ्चालन गर्दै आएका थिए। प्रारम्भिक अनुसन्धानमा उनीहरूले करिब तीन अर्बभन्दा बढीको अनलाइन जुवा र ५० करोडभन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार गरेको तथ्य फेला परेको छ।

प्रहरीका अनुसार, हालसम्मको अनुसन्धानले तीन अर्ब १३ करोड रुपैयाँ बराबरको अनलाइन जुवा कारोबार तथा ८६ करोड ९१ लाख रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी कारोबार गरेको देखाएको छ। यस प्रकरणका मुख्य व्यक्ति भने अझै फरार रहेको बताइएको छ।

पक्राउ परेका भारतीय नागरिकहरूको नामावली:

१. वकिल कुमार यादव

२. किशोरी प्रसाद यादव

३. रोहितकुमार यादव

४. मुन्नाकुमार यादव

५. बादलकुमार जैसवाल

६. रावलकुमार यादव

७. विपिनकुमार यादव

८. शंकर कुमार यादव

९. रोहित कुमार

१०. भवेश कुमार

११. अभिषेक कुमार

१२. कुलबिन्दर सिंह

१३. हर्ष जैसवाल

१४. सुरज शाह

१५. श्रेष्ठ गुप्ता

१६. बिठ्ठु कुमार

१७. सुनिल कुमार जैसवाल

१८. मोहम्मद साहिद मालिक

१९. सौरभ खरुवा

२०. चन्दन यादव

२१. श्याम कुमार

२२. एस बालकृष्ण

२३. सुरेन्द्र कुमार

प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी राखेको छ भने फरार रहेका मुख्य अभियुक्तको खोजी कार्य तीव्र पारिएको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM