Sunday, February 9, 2025
घरसमाचारबेलायतमा नेपालीले किने पौने दुई अर्बको बिजनेश प्रोपर्टी

बेलायतमा नेपालीले किने पौने दुई अर्बको बिजनेश प्रोपर्टी

२६ माघ, काठमाडौं । ‘मसँग यो ठूलो परियोजनामा काम गरेकोमा मेरो सम्पूर्ण टोलीलाई धन्यवाद । हाम्रो लागि यो अहिलेसम्मकै ठूलो उपलब्धि हो । मलाई यो नयाँ उद्यममा साथ दिनु भएकोमा सबै साथीहरू र परिवारलाई धन्यवाद । आगामी दिनका लागि म थप उत्साहित छु, यहाँभन्दा अझ अगाडि र अझ माथि ।’

बेलायतमा रहेको पीआरएन इन्भेस्टमेन्ट लिमिटेडका संस्थापक निर्देशक पुरन गिरीले केही घण्टाअघि सामाजिक सञ्जालमार्फत् यसरी आफ्नो खुसी पोखे । खुसी हुनुको  कारण पनि ठूलै छ । बेलायतजस्तो ठाउँमा उनको नेतृत्वको टिमले निकै ठूलो व्यावसायिक यात्रा अघि बढाएको थियो । हो, उनी र उनको टिमले बेलायतको अल्डरसटमा झन्डै पौने दुई अर्ब रुपैयाँको लागतमा सपिङ मलसहितको भव्य प्रोपर्टी खरिद गरेपछि गिरीले यस्तो खुसी व्यक्त गरेका हुन् ।

अल्डरसटको वेलिङ्टन सपिङ सेन्टर र त्यसआसपासको प्रोपर्टी १० मिलियन पाउन्ड अर्थात् नेपाली एक अर्ब ७३ करोड ८४ लाख (शनिबारको विनियमदरअनुसार)मा पीआरएन इन्भेष्टमेन्ट लिमिटेडले खरिद गरेको हो ।

नेपाली उद्यमीहरूले बेलायतमा खरिद गरेको यो नै अहिलेसम्मको ठूलो प्रोपर्टी मानिएको छ ।

नेपाली जनसंख्या उल्लेख्य रहेको अल्डरसटमा यो प्रोपर्टी एल एन्ड सी इन्भेस्टमेन्ट लन्डन एन्ड क्यामब्रिजको नाममा थियो । शुक्रबारबाट भने यसको स्वामित्तव पीआरएन इन्भेष्टमेन्ट लिमिटेडको नाममा आएको छ ।

पीआरएन इन्भेष्टमेन्ट लिमिटेड टिममा पुरनसँगै राजकुमार गुरुङ, नारायण गिरीलगायत पनि छन् ।

केही सञ्चारमाध्यमले जनाएअनुसार सन् २०१५ मा एम्पायर हल र सन् २०२२ देखि सुसी मोटो सञ्चालन गर्दै आएका गिरीसँग प्रोपर्टी र हस्पिटालिटीमा लामो अनुभव छ । बेलायतमा नेपालीको पहिलो ट्याक्सी बिजनेश गिरीले नै सुरु गरेका थिए । उनी त्यतिमा मात्र रोकिएनन् ।

आफूसँगै उद्यममा रुचि राख्ने अन्य केही नेपाली व्यवसायीसँग मिलेर उनले निकै ठूलो सम्भावनातिर अग्रसरता देखाएका छन् । यो प्रोजेक्टका कारण धेरै नेपालीले रोजगार पाउने सम्भावना पनि रहेको उनी स्वयं बताउँछन् ।

अल्डरसट टाउनको मेन सपिङ मल वेलिङटन सेन्टरमा ५६ वटा विजनेश युनिट, सँगै जोडिएको भिक्टोरिया हाउस ९९ तले अफिस भवन जसलाई इन्टरप्राइजहरूको हेडक्वार्टर मानिन्छ० र युनियन स्ट्रिटमा ६ वटा फ्रि–होल्ड भवन खरिद गरिएको पीआरएन इन्भेस्टमेन्ट लिमिटेडका संस्थापक निर्देशक गिरीले जानकारी दिए ।

सपिङ मलका एउटै युनिट ४० हजार स्क्वायर फिटसम्म छन् । स्पेकसेभर, म्याकडोनाल्डस, सबवे, जेडी स्पोर्टस्, पिककक, नेसनवाइड बैंक, पोस्ट अफिस, बुट्स, जिमखाना लगायत रिटेल छन् । यस्तै, पाँच सय क्षमताको कार पार्क छ ।

यसलाई व्यवसायी गिरीले व्यावसायिक जीवनको सबैभन्दा ठूलो ‘स्टेप’ को रूपमा लिएका छन् । त्यसो त उनी अल्डरसटकै प्रतिष्ठित एम्पायर हल सञ्चालक पनि हुन् ।

उनले यो सफलतालाई व्यक्तिगत लाभका रूपमा मात्र नलिई बेलायतमा रहेको सबै नेपाली समुदायको प्रतिष्ठा र गौरवको कुरा मानेको बताए । यसपछि धेरै नेपालीलाई रोजगारी सिर्जना गर्न सकिने पनि उनले बताए ।

 

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -