२०८३ जेष्ठ २३ गते, शनिबार १८:५२

पतौरा पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न माग

रौतहट, माघ २२ – रौतहटको मौलापुर नगरपालिकास्थित ऐतिहासिक, धार्मिक एवं पर्यटकीय स्थल पतौरा पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न माग गरिएको छ। मौलापुर नगरपालिकाका मेयर रिना कुमारी साहले नेपाल सरकारलाई यस धार्मिक सम्पदालाई संरक्षण र प्रवर्द्धन गर्न विशेष ध्यान दिन आग्रह गरेकी छन्।

मंगलबार मौलापुरमा आयोजित पत्रकार सम्मेलनमा मेयर साहले पतौरा महादेव मन्दिरको ऐतिहासिक महत्वलाई ध्यानमा राख्दै युनेस्को विश्व सम्पदा सूचीमा सूचिकृत गरिनुपर्ने बताइन्। साथै, मन्दिर तथा मधानी महायज्ञलाई सरकारले वेवास्ता गरिरहेको गुनासो पनि उनले राखिन्।

“सरकारले पतौरा पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न विशेष ध्यान दिनुपर्छ। यो धार्मिक र ऐतिहासिक सम्पदा हो, जसलाई सही रूपमा संरक्षण गर्नुपर्छ। तर, केन्द्र सरकारले उत्खननलाई बीचमै छोडेर बर्बाद गर्ने काम गरिरहेको छ। हामी सरकारसँग सही तरिकाले काम गर्न आग्रह गर्छौं,” मेयर साहले भनिन्।

फागुन ११ देखि १५ सम्म मधानी महायज्ञ

आगामी फागुन ११ गतेदेखि १५ गतेसम्म पतौरा महादेव मन्दिरमा मधानी महायज्ञ आयोजना गरिँदैछ। मेयर साहका अनुसार यो महायज्ञ विशिष्ट धार्मिक परम्परासँग जोडिएको छ, जसमा ब्राह्मण विना नै मन्त्र जप गरिने परम्परा रहेको बताइन्छ।

मधानी महायज्ञ अन्तर्गत:

फागुन ११: उद्घाटन समारोह

फागुन १२: शिव बारात यात्रा

फागुन १३: मधानी विशेष पूजा समारोह

फागुन १४: मधानी विशेष सांस्कृतिक कार्यक्रम

फागुन १५: मधानी विशेष दंगल कार्यक्रम

नेपाली तथा भारतीय कलाकारहरूको विशेष प्रस्तुति

यस वर्षको मधानी महायज्ञमा नेपाल र भारतका चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहनेछ। भोजपुरी तथा हिन्दी सिनेजगतका चर्चित अभिनेता एवं सांसद रवि किशन, भोजपुरी निर्माता एवं विधायक विनय बिहारी, गायक एवं अभिनेता रितेश पाण्डे को उपस्थितिसँगै अन्य थुप्रै कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहनेछ।

प्रमुख अतिथिमा पूर्वमन्त्री प्रभु साह

मधानी महायज्ञ आम जनता पार्टी (आजपा) का अध्यक्ष, संघीय सांसद तथा पूर्वमन्त्री प्रभु साहको प्रमुख आतिथ्यमा सम्पन्न हुने बताइएको छ। यसअघि यो महायज्ञमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीदेखि पशुपतिनाथका मूल भट्ट पुजारीसम्मको सहभागिता रहेको थियो।

पुरातात्विक महत्त्व र पर्यटन प्रवर्द्धनको अवसर

मेयर साहका अनुसार नेपाल सरकारको १०० प्रमुख पर्यटकीय गन्तव्यमा पतौरा महादेव मन्दिर सूचिकृत भइसकेको छ। हजारौं वर्ष पुरानो यो मन्दिरमा गरिने पूजा अनुष्ठान विशिष्ट शैलीमा सम्पन्न गरिन्छ। मधानी महायज्ञ भगवान शिव र पार्वतीको वैवाहिक उत्सव को प्रतीक मानिन्छ।a

स्थानीय प्रशासन, बौद्धिक वर्ग, एवं धार्मिक अभियन्ताहरूले मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न सरकारसँग विशेष पहल गर्न आग्रह गरेका छन्। साथै, मधानी महायज्ञलाई भव्य रूपमा सम्पन्न गर्न विभिन्न समितिहरू गठन गरी तयारी तीव्र पारिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

प्रहरी हिरासतबाट छुटेको भोलिपल्टै कारबाही: सचिव कृष्णहरि पुष्कर जिम्मेवारीविहीन

काठमाडौं। सरकारले उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्री

प्रहरी हिरासतबाट छुटेको भोलिपल्टै कारबाही: सचिव कृष्णहरि पुष्कर जिम्मेवारीविहीन

काठमाडौं। सरकारले उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्री

Live

Listen Live FM