२०८३ बैशाख ३० गते, बुधबार १०:३८

संसद्‍मा आज प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने : अर्थमन्त्री वाग्लेले जवाफ दिने

काठमाडौँ/सरकारको नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नको जवाफ आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने भएका छन् । कार्यसूची अनुसार प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्ने तयारी भए पनि अन्तिम समयमा जवाफ दिने जिम्मेवारी प्रधानमन्त्री शाहले अर्थमन्त्री वाग्लेलाई दिएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार नीति तथा कार्यक्रममा समेटिएका आर्थिक र विकासका योजनाबारे प्रष्ट पार्न अर्थमन्त्रीलाई जिम्मेवारी दिइएको हो । विशेषगरी बजेटको पूर्वसन्ध्यामा आएको नीति तथा कार्यक्रममा सांसदले वैदेशिक ऋण, रोजगारी सिर्जना र डिजिटल अर्थतन्त्रका विषयमा कडा प्रश्न उठाएका छन् ।

प्रतिनिधिसभाको बैठक दिउँसो ११ बजेका लागि बोलाइएको छ । अर्थमन्त्री वाग्लेले सांसदका प्रश्नको बुँदागत जवाफ दिँदै आगामी आर्थिक वर्षको प्राथमिकताका बारेमा समेत सदनलाई आश्वस्त पार्ने छन् ।

यसअघि नीति तथा कार्यक्रममाथिको छलफलमा प्रतिपक्षी दलका नेताले सरकारको लक्ष्य स्पष्ट नभएको भन्दै आलोचना गरेका थिए । प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीले जवाफ दिने भएपछि विपक्षी दलले भने ‘संसद्को उपेक्षा’ भएको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM