२०८२ मंसिर २३ गते, मंगलवार १३:४०

बालसाहित्यकार इन्द्र चौधरी “नेबासास बालपुस्तक लेखन पुरस्कार”बाट पुरस्कृत

काठमाडौं । बालसाहित्यकार इन्द्र चौधरी “नेबासास बालपुस्तक लेखन पुरस्कार”बाट पुरस्कृत भएका छन् । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा दोस्रो बालपुस्तक प्रदर्शनी तथा उपत्यकाव्यापी बालकथा लेखन प्रतियोगिता कार्यक्रमको अवसरमा आइतबार चौधरीलाई उक्त पुरस्कार प्रदान गरिएको हो । प्रतिष्ठानका कुलपति भूपाल राई, सदस्य सचिव धनप्रसाद सुवेदी र नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधानले संयुक्त रुपमा पुरस्कार प्रदान गरे ।

चौधरीलाई २०७९ सालमा रुप टु रिडद्वारा प्रकाशित “नयाँ वनपाले” (प्रकाशित पहिलो र कथा दोस्रो) बालचित्र पुस्तकका लागि २०७९ को ८ वर्षभन्दा कम उमेर समूहको बालपुस्तक लेखनका लागि सर्वोत्कृष्टताका लागि उक्त पुरस्कार प्रदान गरिएको हो ।

विगत ५ वर्षदेखि बालसाहित्य अनुवाद तथा लेखन गर्दै आएका चौधरीका हालसम्म ४ वटा बालचित्र कथाका पुस्तक प्रकाशित भएका छन् भने उनले अंग्रेजीबाट नेपाली र अंग्रेजी र नेपालीबाट थारु तथा रानाथारु भाषामा दर्जनौं बालकथा अनुवाद गरेका छन् । छोटो समयमा नै पुरस्कृत हुन पाउँदा निकै खुशी लागेको चौधरीले बताए । ‘छोटो समयमा नै सवोत्कृष्ट लेखनका लागि पुरस्कार पाउँदा निकै खुसी लागेको छ । यो मैले नसोचेको उपलब्धी हो,’ उनले भने, ‘यसले मलाई बालसाहित्यको क्षेत्रमा थप केही गर्ने ऊर्जा थपेको छ ।’

आधा दशक सञ्चारकर्मीका रुपमा काम गरेका चौधरी रङ्गमञ्च हुँदै हाल शिक्षकका रुपमा कार्यरत छन् । पुरस्कार ग्रहणपछि चौधरीले कथालाई उत्कृष्ट बनाउनका लागि सम्पादकका रुपमा महत्वपूर्ण भूमिका निभाएका वरिष्ठ बालसाहित्यकार तथा आख्यानकार अनन्त वाग्ले र आकर्षक चित्र बनाउने अनुश्री लामालाई धन्यवाद व्यक्त गरे । उनले भने, ‘पुस्तक सर्वोत्कृष्ट बनाउनमा यसका सम्पादक अनन्त वाग्ले र चित्रकार अनुश्री लामाजीको महत्वपूर्ण भूमिका छ ।’ साथै उनले आफ्नो लेखनलाई मूल्यांकन गरी पुरस्कारका लागि योग्य ठानेकोमा मूल्यांकन समितिलाईसमेत धन्यवाद दिए ।

चौधरीसँगै लेखनतर्फ सिर्जना राईले २०७९ सालको ८ वर्षभन्दा माथिका उमेर समूहका लागि, कवि मित्रलाल पंगेनी २०७८ सालको ८ वर्षभन्दा मुनिका उमेर समूहका लागि र हरि खनाल २०७८ सालकै ८ वर्षभन्दा माथिका उमेर समूहका लागि पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै, चित्रांकनतर्फ २०७८ का लागि कलाग्रज बि र २०७९ का लागि कृषा ताम्राकार पुरस्कृत भएका छन् । साथै, प्रकाशन गृहलाई पनि पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM