२०८२ माघ ४ गते, आईतवार १८:५०

‘रिक्सालाई धान्न गाह्रो भो, अटो र रिक्साको रुट तोकिदिए हुन्थ्यो’

१६ माघ, जनकपुरधाम । कठ्याङ्‍ग्रिँदो चिसोले पछिल्लो समय तराई-मधेशको जनजीवन कष्टकर छ । हुस्सुले छपक्कै छोप्ने हुँदा यहाँको जनजीवन त्यति सहज छैन । विशेष गरेर बिहानीको समय चिसोले थप कष्टकर बनाइदिन्छ । आइतबार बिहान साढे ७ बजेतिर वीरगञ्जको जनजीवन माथि भनेजस्तै असहज थियो । हुस्सुले छपक्कै ढाक्दा सडकमा आउजाउ गर्न पनि समस्या थियो । सडकमा हिँड्डुल गर्नेहरूको वस्त्र शीतलहरले छपक्कै भिजेको देख्न सकिन्थ्यो । बाक्ला लुगा लगाएर पनि कतिपय मान्छे जाडो छल्न घण्टाघर छेउको प्रहरीबिट अगाडि आगो ताप्दै थिए ।

तर, ५२ वर्षीय सुकदेव बैठालाई भने यो जाडोको कुनै प्रवाह थिएन । उनी साइकल रिक्साको पाइडल खियाउँदै यताउति नजर डुलाउँदै थिए । सडक वरपर यात्रु खोज्न उनी ब्यस्त थिए । खुट्टामा पुराना चप्पल, टाउको र कान ढाक्ने गरी गम्छा बेरेका उनी पुरानो स्वीटरको भरमा यो जाडो कटाइरहेका छन् । उनलाई यो जाडोभन्दा पनि रिक्सा चलाएर हुने आम्दानीबाट जीवनगुजाराको चिन्ता बढी छ ।

‘यात्रु खोजे जातबानी सन । इ जार से बेसी पेटके चिन्ता बा,’ उनले भने ‘दिन प्रतिदिन थपिँदै गएको ई-रिक्साको संख्याले हाम्रो कमाइ मर्दै गएको छ ।’

उनका अनुसार दिनभर रिक्सा चलाउँदा दैनिक दुई सयदेखि पाँच सय रुपैयाँ मात्र आम्दानी हुन्छ । त्यसमध्ये डेढ सय रुपैयाँ त रिक्सा साहुलाई नै तिर्नुपर्छ । बाँकी बचेको पैसाले परिवारको जीवनगुजारा चलाउनु पर्छ । ३५ वर्षदेखि वीरगञ्जको सडकमा रिक्सा चलाउने सुकदेवलाई केहीवर्ष यता जीवन धान्न धौधौ परेको छ ।

रिक्सा चालक सुकदेव बैठा ।

रिक्सामा यात्रीलाई गन्तव्यसम्म पुर्‍याउने सुक्देवको रातिको गन्तव्य साहुको ग्यारेज हो । वीरगञ्जमा न त उनको आफ्नो घर छ, न त कोठा भाडा लिन सकेका छन् ।

रौतहटको गौर नगरपालिका–२, देवी पर्साका सकुदेव रिक्सा चलाएर पाँच जनाको परिवार चलाइरहेका छन् । उनको परिवारमा दुई छोरा विकास र राजेश, एक छोरी र श्रीमती छन् । रिक्सा चलाएरै पालनपोषण गरी तीन सन्तान हुर्काएका उनलाई अब एकलै घरचलाउन मुस्किल परेको छ ।

‘दुई छोरा गाउँघरमा मजदुरी गरेपछि घर चलिरहेको छ । नत्र यो रिक्सालाई धान्न गाह्रो छ,’ सकुदेव भन्छन् ।

केही वर्षअघिसम्म यही रिक्सा चलाएर दिनको दुई हजार रुपैयाँसम्म कमाएको अनुभव छ सुकदेवसँग । तर, अटो रिक्सा थपिँदैजाँदा यत्रु रिक्सामा चढ्न हिचकिचाउँछन् ।

‘मान्छे सौखिन भए । रिक्सामा चढ्न संकोच मन्छन् । केही यात्री मात्र हाम्रोमा चढ्छन् । हामीलाई यात्री खोज्नु पर्छ । नत्र दुई चारसय कमाइ पनि हुन्न,’ उनी भन्छन् । अटो रिक्सा साथीहरूले किने पनि आफ्नो त्यो हैसियत नभएको सुकदेवको भनाइ छ ।

सुकदेव जस्तै ४८ वर्षीय सुमन गुरुङ घण्टाघरतिरबाटै पाइडल खियाउँदै यात्रु खोज्न उत्तर तर्फ लम्किँदै थिए । पछिल्ला समय रिक्सामा यात्रु नपाएपछि उनी मारमा परेका छन् । एक पेट कसरी खाने भन्ने चिन्ताले राम्ररी निदाउन नपाएका उनलाई बिहानको जाडो र हुस्सुले छेक्दैन । ‘म यात्रु खोज्न जाँदै छु । हजुर अलि हतार छ । नत्र यात्रु पाइँदैन, कमाइ भएन भने के खाने ?,’ हामीसँग कुरा गर्दै सुमनले सुनाए ।

धेरै साथीहरूले जेनतेन अटो रिक्सा किने । तर, उनले ४४ हजार ऋण लिँदा साहुकोमा राखेको सुनको औँठी बन्धकी छुटाउन सकेका छैनन् । उनको परिवारमा चार छोरासहित ६ जना छन् । ‘छोराहरू उतै इलम गरेर खान्छन् । रिक्सा चढ्ने यात्रु नपाउँदा मलाई नै लाउन खान गाह्रो पर्छ,’ सुमनले भने ।

रिक्सा चालक सुमन गुरुङ ।

सुमन पनि ग्यारेजमा सुत्ने गर्छन् । उनले त्यही खाना पकाएर खान्छन् । सानो ग्यास सिलिन्डर उनको रिक्सामा थियो । चोरी हुन्छ भन्ने डरले उनी त्यो सिलिन्डर रिक्सामै लिएर हिँड्छन् ।

सुमनले २० वर्षजति ट्रक चलाएका थिए । सडकमा ट्रक गुडाउन समस्या भएपछि १० वर्षदेखि वीरगञ्जमा रिक्सा चलाइरहेको उनको भनाइ छ ।

‘पहिला त राम्रै कमाइ हुन्थ्यो । अटो रिक्साले हाम्रो बजार खायो । सरकारले पनि हेर्दैन । अटो र रिक्साको रुट निर्धारण गरे हुन्थ्यो । सरकारले हामी गरिबलाई चिन्दैन,’ उनले पीडा पोखे ।

रौतहटकै गौर नगरपालिका-२ का ४५ वर्षीय ओपिन्दर पासवानलाई पछिल्लो समय रिक्सा चलाएर परिवार धान्न हम्मेहम्मे पर्छ । उनको ६ जनाको परिवार छ । गल्लीगल्लीमा अटो रिक्सा थपिँदै जाँदा रिक्सा चलाउनेहरूको पेसा संकटमा परेको उनको गुनासो छ ।

‘गल्लीगल्लीमे अटो घुमाबतबा । हमरा लोकके लेल कोनो रुट निर्धारण करत त अच्छा होइत । से त सरकार करत ना । गरिब से सरकारके कोन मतलब बा,’ उनी गुनासो गर्छन् ।

निजगढ नगरपालिका-८ का ५५ वर्षीय केदार पोखरेललाई पनि पेसा संकटमा परेको आभाष भइरहेको छ । २२ वर्षदेखि रिक्सा चलाएर गुजारा गरिरहेका पोखरेलाई अब कसरी जीवन धान्ने भन्ने चिन्ताले पिरोलिरहन्छ । ‘कमाइ नहुँदा परिवार चलाउन गाह्रो भएको छ । सरकारले वीरगञ्जमा कुनै रुट निर्धारण गरिदिए हामीलाई सहज हुन्थ्यो । नत्र विस्तारै हामी पनि विस्थापित हुन्छौ । अटो रिक्सा किन्ने हैसित छैन ।’

सुकदेव, सुमन, ओपिन्दर र केदार उदाहरणीय पात्र मात्रै हुन् । उनीहरू जस्ता पाँच सयभन्दा बढी रिक्सा चालक समस्यामा छन् । अटो रिक्सा चढ्न यात्रु तँछाडमछाड गरिरहेका बेला रिक्सावाला मुख ताकेर बस्नु परेको दृश्य वीरगञ्ज बजारमा लहरै देख्न सकिन्छ ।

वीरगञ्ज महानगरपालिकाभित्र अहिले कति अटो रिक्सा र रिक्सा छ भन्ने तथ्यांक महानगरपालिका कार्यालयसँग छैन । सडक तथा यातायात व्यवस्था शाखामा २०७६ देखि हालसम्म ६५० ई-रिक्सा दर्ता रहेको शाखा प्रमुख विजयकुमार गुप्ताले जानकारी दिए । यद्यपि बजारमा ई-रिक्सा २ हजार ५ सयभन्दा बढी सञ्चालनमा रहेको उनको अनुमान छ । रिक्साको तथ्यांक नै महानगरमा छैन । यद्यपि ५ सय जति रिक्सा रहेको अनुमान महानगरको छ ।

नागरिक समाजका अगुवा बाबुराम कौशिकका अनुसार कुनै बेला वीरगञ्जमा १० हजार बढी रिक्सा थियो । उनीहरू रिक्सा चलाएर परिवार पाल्थे । तर, आधुनिकतासँगै अटो रिक्सा थपिँदैजाँदा रिक्सा विस्थापित हुँदै गएको कौशिकको भनाइ छ ।

‘कतिपयले ऋण काढेर जेनतेन अटो रिक्सा किनेर चलाइरहेका छन् । किन भने रिक्सा चलाउनेहरू अत्यन्त विपन्न परिवारका हुन्छन् । उनीहरूको रातिको गन्तव्य ग्यारेज र सडकपेटी हुन्छ । यसरी दुःख गरी रात बिताउँछन् । तीन तहका सरकारले उनीहरूको व्यवस्थापनमा ध्यान दिएका छैनन्,’ कौशिक भन्छन् ।

कौशिकका अनुसार सरोकार पक्षले रिक्सा चलाएर गुजारा गर्ने व्यक्तिहरूको पेसाको सुरक्षाका लागि रुट निर्धारण लगायत अन्य व्यवस्थापन गर्नु आवश्यक छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania
zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM