२०८३ बैशाख १७ गते, बिहीबार ००:४३

गायिका रचना रिमालले सार्वजनिक गरिन् अफिसियल लोगो

काठमाडौं । गायिका रचना रिमालले आफ्नो अफिसियल लोगो सार्वजनिक गरेकी छन् । कलाकारले आफ्नो ब्राण्ड पहिचानलाई कायम राख्न लोगो सिर्जना गर्ने विश्वब्यापी अभ्यास छ ।

रिमालको अंग्रेजी नामको अघिल्लो अक्षर, संगीत र सर्वोच्च शिखर सगरमाथाको आकृति झल्कने गरि लोगो डिजाइन गरिएको छ । अर्घाखाँची महोत्सवको मंचबाट रचनाले लोगो सार्वजनिक गरेकी हुन् ।

कलाकार मनोज गजुरेलले रचनाको लोगो सेयर गर्दै आफ्नो कर्म र पहिचान जीवन्त राख्ने सिर्जनशिल प्रक्रिया रहेको बताउँदै बधाइ दिएका छन् । उनले लोगोमा रङ खेल्न पाए अझै राम्रो हुन्थ्यो भनेर सुझाव समेत दिएका छन् ।

कुन कुन विदेशी कलाकारको छ लोगो ?

दिवंगत पपस्टार माइकल ज्याक्सनको लोगोमा ताजसहित ‘एमजे’ अक्षर लेखिएको डिजाइन छ । पपक्वीन बियोन्सेको साधारण देखिने लोगोमा स्लिकसहित उनको नाम लेखिएको छ ।

टेलर स्विफ्टको लोगोमा सिग्नेचर स्टाइलको लोगो छ । द विकेन्डले ब्राण्डको पहिचानको लागि ‘एक्सओ’ लेख्ने गरेका छन् । एड सिरनले ‘प्लस’ र ‘डिभाइड’को चिन्ह राखेका छन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM